८ बैशाख, धुलिखेलः बौद्ध र स्वयम्भुमा लाग्ने बौद्ध धर्मवालम्बिहरुको प्रसिद्ध तेमाल जात्रा यो वर्ष पनि आफ्नै घरगाउँ मनाउन आग्रह गरिएको छ । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ता आग्रह गरिएको बौद्धनाथ क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
आज समितिको कार्यालयमा विभिन्न सरोकारवाला पक्षको बैठकले यसेर सकेसम्म आफ्नै गाउँघरमा गतवर्षको जस्तै गरी मनाउने भनिएको छ । बैठकमा बौद्ध तामाङ कल्याण गुठी, ओम सुख, दुःख गुठी, महानगरीय प्रहरी बृत्त बौद्ध, सामुदायिक सेवा समिति, छोर्ङान महिला समाज लगायतका प्रतिनिधि सहभागि भएका थिए ।
प्रत्येक चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा पृतृहरुको मोक्षा प्राप्तिका लागि मृतक आत्मको चीर शान्तिको कामना गर्दै १०८ खोपा भएको स्थानमा नाङसल (बत्ती) बाल्ने परम्परा रहेको छ । बैठकले सकेसम्म जात्रामा सहभागि नभइदिन र हुनै परे माक्स अनिवाई लगाउन, अनावश्यक भिडभाड नगर्न, बत्ति बाल्ने र पूजापाठ सकिने बित्तिकै आफ्नो गन्तब्यमा जान समेत आग्रह गरेको छ ।
पछिल्लो समय तेमालका तामाङहरु मात्रै नभएर मेला भर्न काभ्रेपलाञ्चोक संगै सिन्धुपाल्चोक,रामेछाप,मकवानपुर,सिन्धुली,नुवाकोट,रसुवा,धादिङ लगायत काठमाण्डौं वरपरका तामाङहरु आउने गर्छन् । यो समुदायका अलावा पछिल्लो समय शेर्पा,ह्योल्मो समुदायका मानिसहरु पनि तेमाल जात्रा भर्न आउँछन् । अघिल्लो वर्ष पनि लकडाउनका कारण तेमाल जात्रा हुन पाएको थिएन ।
तेमाल जात्रा भर्न काभ्रे तेमालका तामाङसँग सिन्धुपाल्चोक,रामेछाप,मकवानपुर,सिन्धुली,नुवाकोट,रसुवा,धादिङ लगायत काठमाण्डौं वरपरका तामाङहरु पुग्ने गर्छन् ।
Facebook Comments