नेकपा एमाले काभ्रेले आफ्नो नेता गोकुल बाँस्कोटाको घरलाई लक्षित गरेर विष्फोटक पदार्थ राखेको घटना प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
आज जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यो कायरतापूर्ण घटनाको तत्काल छानवीन गरि अपराधिक कृयाकलापमा संलग्नहरुमाथी हदैसम्मको कारवाही गर्नको लागी पार्टी र सिंगो काभ्रे जिल्लावासीको तर्फबाट सरकार समक्ष जोडदार माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छः
आज मिति २०७९ मंसिर १८ गते विहान हाम्रो पार्टी नेकपा एमाले पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधी सभाका सांसद कमरेड गोकुल बाँस्कोटाको भक्तपुर स्थित निवासलाई लक्षीत गरि विष्फोटक पदार्थ राखेको भेटिएको घटनाप्रती हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।
जीवनभर राष्ट्र र जनताको परिवर्तनको पक्षमा लागेको र लाखौं जनताको विश्वास प्राप्त गरि निर्वाचित भएको जनप्रतिनिधीमाथी पटक पटक गरिएको यस्तो हिंसात्मक र आतंककारी गतिविधी अत्यन्तै खेदजनक छ ।
यो कायरतापूर्ण घटनाको तत्काल छानवीन गरि अपराधिक कृयाकलापमा संलग्नहरुमाथी हदैसम्मको कारवाही गर्नको लागी पार्टी र सिंगो काभ्रेजिल्लावासीको तर्फबाट सरकार समक्ष जोडदार माग गर्दछौं ।’
Facebook Comments