नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
आइतबार बिहान बास्कोटाको घर परिसरमा देखिएको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।
सेनाले उक्त वस्तुलाई निष्क्रिय पारेको भक्तपुर प्रहरीले जनाएको छ । तर, उक्त वस्तु के थियो भन्नेबारे सेनाको ल्याब परीक्षणपछि मात्र थाहा हुने भक्तपुर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक डीएसपी राजु पाण्डेले जानकारी दिए ।
“सेनाले निष्क्रिय पारेको छ । अब सेनाको ल्याब परीक्षणपछि मात्र उक्त वस्तुबारे थाहा हुनेछ,” उनले भने ।
यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ निकट तीन जनालाई पक्राउ गरेको थियो ।
Facebook Comments