Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अबका ६३ दिन ज्यादै कठिनः स्वास्थ्य मन्त्रालय

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, ट्रेडिङ, फिचर, स्वास्थ्य
अबका ६३ दिन ज्यादै कठिनः स्वास्थ्य मन्त्रालय
Spread the love
    

८ बैशाख काठमाडौंः कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने बताएको छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घन्टामा देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

‘विश्वभरको तथ्यांक र विगतमा नेपालमा देखिएका केसलाई अध्ययन गर्दा ९८ दिनसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छौँ,’ मंगलबार पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, ‘जटिल अवस्थाका ३५ दिन पार गरिसकेका छौँ । अब हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन छ । जोखिम कति उठाउने भन्ने आमनागरिककै हातमा छ ।’

अर्यालका अनुसार स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरे छोटो समयमा दोस्रो वेभबाट छुटकारा पाउन सकिनेछ । ‘तर, कोरोना केही होइन भन्ने भ्रम पालेर जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था सोचेभन्दा फरक भएर जान्छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने विगतमा देश र जनताले ठूलो क्षति व्यहोर्नु परेकोले यसपटक सकभर लकडाउन नगर्ने बताए । ‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा हामी पुगेका छौँ । स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना होस्, सरकार कदापि लकडाउन गर्ने पक्षमा छैन ।’ तर, त्यस्तो अवस्था आउन दिने कि नदिने जिम्मा नागरिकमै भएको उनको भनाइ छ ।

मास्कको मात्रै प्रयोग गरेको खण्डमा पनि केस बढ्नबाट रोक्न सकिने स्वास्थ्यका अधिकारीहरूले बताएका छन् । ‘दोस्रो भेरियन्टले युवा र बालबालिकालाई बढी संक्रमित बनाएको छ । यसलाई परास्त गर्ने एक मात्रै विकल्प भनेको जनस्वास्थ्यका मापदण्डको पूर्णरूपमा पालना मात्रै हो,’ उनीहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार युके भेरियन्ट समुदाय स्तरमा फैलिएकाले अहिलेकै अवस्था अर्थात् स्वास्थ्य मापदण्ड पालना नगरिए असार मसान्तसम्म संक्रमितको संख्या ६ लाख पुग्छ । नयाँ भेरियन्ट पनि फैलिँदै गएमा उक्त संख्या अझै बढी हुने उनको भनाइ छ ।

अघिल्लोपटक एक संक्रमितले थप दुईजनालाई संक्रमित गराएको थियो, तर अहिले चारजनालाई संक्रमित गराइरहेको महाशाखाले जनाएको छ । ‘यही गतिमा संक्रमण उच्च बिन्दुमा पुग्दा दैनिक ११ हजारजनामा पनि संक्रमण देखिनेछ,’ पौडेलले भने, ‘तर, मास्क मात्रै लगाएको खण्डमा पनि त्यो संख्या ११ सयमा झर्न सक्छ ।’ उनका अनुसार संक्रमण उत्कर्षमा पुगेको समयमा सामान्य अवस्थाका ३० हजार र पाँच सय जटिल प्रकृतिका संक्रमित उपचारका लागि अस्पतालमा हुने अनुमान मन्त्रालयको छ ।

संक्रमण नियन्त्रणका लागि सरकारले आवश्यकताअनुसार निजी अस्पतालहरूमा रहेका जनशक्तिदेखि उपकरणसम्म प्रयोग गर्ने भएको छ । आइसियू भेन्टिलेटर, बेडलगायतका उपकरण र आवश्यक पर्ने जनशक्ति सरकारले उपयोग गर्ने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए ।

‘विगतमा आइसोलेसन, क्वारेन्टिन सेन्टर बनाएका खरिपाटी, आयुर्वेद रिसर्च सेन्टर कीर्तिपुर, वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई उपयोगमा ल्याउनेछौँ । त्यस्तै देशभर रहेका ६ सय ४९ आधारभूत अस्पतालमा पाँच शैंयाका दरले तीन हजार दुई सय ४५ शैंया थप गरिनेछ,’ उनले भने ‘अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनको हो ।’

कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरु
पहिलो चरणमा खोप लिएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई मंगलबारबाट दोस्रो डोज अभियान सुरु भएको छ । ११ वैशाखसम्म दिइने दोस्रो डोजअन्तर्गत १९ लाखलाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो डोज खोप लगाउने अभियानअन्तर्गत स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो दिन ४७ हजारले खोपको दोस्रो डोज लगाएका छन् । काठमाडौं उपत्यकामा मात्र खोप लगाउन स्वास्थ्य मन्त्रालयले १९ स्थान तोकेको थियो । खोप आगामी ११ वैशाखसम्म वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाउन सकिनेछ ।

यस्तै, मन्त्रालयले तोकेका ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्यान्ड अस्पताल, हिमाल अस्पताल, स्तुपा अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा खोपको दोस्रो डोज लगाउन सकिनेछ ।

नौ हजारमा नक्कली पिसिआर रिपोर्ट : दुई ल्याब सञ्चालकसहित आठ जना पक्राउ
सिनामंगलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले महँगो मूल्यमा कोभिड– १९ को नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलेको छ । प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएपछि केयरले नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलेको हो ।

प्रहरीले मंगलबार सुरिया हेल्थकेयर र मेरिट मल्टिकेयर मेडिकल सेन्टरमा छापा मारेको थियो । जसमध्ये सुरिया हेल्थकेयर डा. सिपी श्रीकुमारबाट सञ्चालित हो । मेरिट मल्टिकेयर मेडिकल सेन्टर चित्रबहादुर रायमाझीले सञ्चालन गर्दै आएका छन् । दुई सञ्चालकसहित आठ पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा सप्तरी राजविराज नगरपालिका–१३ का प्रमोदकुमार यादव, महोत्तरी गौशाला–१ का प्रदीपकुमार गिरी, महोत्तरी सोनाम–६ का अमनकुमार यादव, मोरङ विराटनगर–३ का वजेश पोखरेल, महोत्तरी गौशाला–१ का बादल मिरिङ छिङ, दोलखा बैतेश्वरी–५ का सरोज क्षेत्री र सप्तरी मध्यपुरा–१ का डा. खेलानन्दप्रसाद सिंह छन् ।

एक वर्षअघिबाट सञ्चालनमा आएका ल्याबले स्वाब नै नलिई पिसिआर रिपोर्ट उपलब्ध गराउँदै आएका थिए । प्रतिपिसिआर नौ हजार रुपैयाँका दरले उपलब्ध गराउने केयरमा विशेष गरी वैदेशिक रोजगारमा जान चाहनेहरूको भिड लाग्ने गथ्र्यो ।

विशेष सूचनाका आधारमा केयर निगरानीमा रहेको र मंगलबार छापा मारिएको महाशाखाका एपी कृष्ण पंगेनीले बताए । ‘ल्याबले नौ हजार रुपैयाँमा पिसिआर रिपोर्ट दिने गरेको देखिन्छ । यसका लागि स्वाब नै दिनु नपर्ने रहेछ । एक वर्षअघिबाट सञ्चालनमा आएको केयरले यस अवधिमा कतिलाई यस्ता नक्कली रिपोर्ट दिए ? यसको अनुसन्धान हुन बाँकी नै छ,’ उनले भने ।

चार वटा नक्कली पिसिआर रिपोर्ट बरामद
प्रहरीका अनुसार केयरबाट चारवटा नक्कली पिसिआर रिपोर्ट बरामद भएको छ । यसका लागि केयरले चारजनाबाट ३६ हजार रुपैयाँ असुलेका थिए । भेटिएका सबै रिपोर्ट नेगेटिभ छन् । प्रहरीका अनुसार केयरले विशेष गरी नेगेटिभ रिपोर्ट उपलब्ध गराउँदै आएका थिए ।

रकम तिरेको दुई घन्टाभित्रै रिपोर्ट उपलब्ध हुने हुँदा धेरैलाई केयरले ठगी गरेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । ‘प्रतिरिपोर्ट नौ हजार रुपैयाँ लिने रहेछन् । चारवटा रिपोर्ट नक्कली भेटिएका छन् । ल्याब र कम्प्युटर पनि बरामद भएको छ । वर्ष दिनमा कतिलाई यस्ता रिपोर्ट दिए, त्यो अनुसन्धानपछि मात्रै खुल्नेछ । दुई घन्टामा नै रिपोर्ट दिने हुँदा धेरैले केयरबाट नक्कली रिपोर्ट लिएको अनुमान छ,’ अनुसन्धानमा संलग्न एसपी पंगेनीले भने ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

Post Views: 211

Spread the love
    

Facebook Comments

Next Post
जनसयोग मावि लिसंखुका बालबालिकालाई होमस् नेपालको सहयोग

जनसयोग मावि लिसंखुका बालबालिकालाई होमस् नेपालको सहयोग

अब पाँचखालको कम्तिमा १ हजार रोपनाीमा खुर्सानी खेती !

अब पाँचखालको कम्तिमा १ हजार रोपनाीमा खुर्सानी खेती !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!