७ बैशाख, धुलिखेलः काभ्रेमा एकैदिन ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थपिएका धुलिखेलका ४ जना छन् । भने बनेपा र मण्डनदेउपुर नगरपालिकाका १÷१ जना पुरुष छन् ।
यो संख्या जिल्लामा संक्रिया कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमा होम आइसोलेसन बस्नेको संख्या ३२ छ भने ५ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
यसैबीच काभ्रेमा ९८० जनाले कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । सबैभन्दा भढी धुलिखेल अस्पताल खोप केन्द्रमा ८ सय जनाले दोस्रो डोजको खोप लगाएका छन् । समाज कल्याण प्रावि पाँचखालबाट ११० जनाले खोप लगाएका छन् भने मेथिनकोट अस्पतालबाट ७० जनाले दोस्रो डोजको खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो मात्रा भ्याक्सिन लिएका स्वास्थ्यकर्मी, सरकारी कमृचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाले दोस्रो डोजको खोप लगाएका हुन् ।
आजबाट सुरु भएको दोस्रो डोजको खोप कार्यक्रम बैशाख ११ गतेसम्म चल्नेछ ।
Facebook Comments