नवनिर्वाचित प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले आफ्नो विगतको पाँच वर्षे कार्यकालमा अधुरा रहेको विकास निर्माणका योजना पुरा गर्ने बताउनुभएको छ ।
आज विजयी र्यालीपछिको कोणसभामा बोल्दै लम्सालले नयाँ योजना जनतासँगकै छलफलमा थाल्ने बताउनुभयो । ‘म दोस्रो कार्यकालका लागि निर्वाचित भएको छु । तपाईहरुले दिनुभएको मतको म कहिल्यै अबमुल्यन गर्ने छैन । अघिल्लो कार्यकालबाट सिकेको अनुभवलाई अझ ब्यवहारिक बनाउछु । काभ्रेली जनताको मुहार उज्यालो बनाउने काममा कहिल्यै पछि पर्दिन । लम्सालले भन्नुभयो ।’
लम्सालले प्रदेश सभा र संघीय सभामा काभ्रेली जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता समेत जनाउनुभयो । ‘म दाबीका साथ भन्छु, अबको पाँच वर्षपछि मेरो ब्यक्तिगत कारण काभ्रेली जनताले शिर झुकाउनु पर्ने छैन । म काभ्रेकै विकास र समृद्धिका लागि काम गर्नेछ । तपाईहरुको विश्वासलाई टुट्न दिने छैन् । लम्सालले भन्नुभयो ।’
Facebook Comments