Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जो काभ्रेबाट संघ र प्रदेश सभामा चुनिए

मिलिजुली खबर by मिलिजुली खबर
२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
विजयीको प्रमाणपत्र ग्रहण गर्दै प्रदेश सांसद लक्ष्मण लम्साल र कञ्चनचन्द्र बादे
Spread the love
    

 

 

मंसिर ४ गते सकिएको संघ र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फ काभ्रे जिल्लामा मत परिणाम सार्वजनिक भएको छ । काभ्रेको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

 

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुर्यमान दोङ (लालध्वज) निर्वाचित हुनुभएको छ ।

 

दोङले एमाले उम्मेदवार रेशम लामासँग ३९६४ मतान्तरमा विजयी हुनुभएको हो । दोङ ३४ हजार ४ सय १२ मत ल्याउँदा रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।

 

प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनकै माओवादी केन्द्रका रत्न ढकाले विजयी हुनुभएको छ । ढकालले प्रतिस्पर्धी एमालेका उम्मेदवार दिल बहादुर तामाङ भन्दा ९ हजार ४४२ मत बढी ल्याएर विजयी हुनुभएको हो । ढकालले २० हजार ७२० मत प्राप्त गर्दा तामाङले ११ हजार २७८ मत प्राप्त गर्नु भएको थियो । ढकाले प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।

 

प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा लोकतान्त्रिक बाम गठबन्धनका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा विजयी हुनुभएको छ । एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् । तीर्थ लामाले १९ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने चन्द्रले १९ हजार २ सय ७७ मत पाएका छन् ।

 

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकुल प्रसाद बास्कोटा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार शिव प्रसाद हुमागाईं भन्दा ५ हजार ८६३ बढी मत ल्याएर बास्कोटा बिजयी हुनु भएको हो ।

 

बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाउनुभएको थियो । बास्कोटा प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।

 

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्सालले एमालेका कुमार खकुरेललाई १८८ मतको फरकले हराउनुभएको हो ।

 

लम्सालले १९ हजार ४०८ मत प्राप्त गर्दा खकुरेलले १९ हजार २२० मत प्राप्त गर्नुभएको थियो । लम्सालले प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।

 

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कांग्रेसका कञ्चनचन्द्र बादे विजयी हुनुभएको छ । बादेले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पार्दै विजयी हुनुभएको हो । बादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् । यता एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् ।

 

 

 

 

 

 

 

Post Views: 43

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा गठबन्धनकाे सानदार विजयी र्याली

काभ्रेमा गठबन्धनकाे सानदार विजयी र्याली

जितेपछि लम्साल भन्छन्ः ‘अधुरा योजना पुरा गर्छु, नयाँ थाल्छु’

जितेपछि लम्साल भन्छन्ः ‘अधुरा योजना पुरा गर्छु, नयाँ थाल्छु’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!