४ बैशाख, धुलिखेल: नेपाल राष्ट्रिय शिक्षक संगठनको तेमाल गाउँपालिकामा दोस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । अधिवेशनले अध्यक्षमा बलराम रायमाझीलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा भुमे माविका सानुमान लामा र महिला उपाध्यक्षमा तेमाल माविका कुमारी लामा चयन हुनुभएको छ ।
अधिवेशनले सचिबमा राधाकृष्ण माविका पेमा लामा, कोषाध्यक्षमा सर्बोद्वार माविका आसमान लामा,
सहसचिबमा जनज्योति माविका गङ्गा तामाङ र
सहकोषाध्यक्षमा जनउद्वार आविका सृजना तामाङलाई चयन गरेको छ ।
सदस्यहरुमा वडा न १ बाट जनजागरण प्रालिका शेरबहादुर थापामगर, वडा नम्बर २ बाट पन्चकन्या आविका श्यामलाल तामाङ, वडा नम्बर ३ बाट कालिदेवी प्राविका कमलनाथ त्रिपाठी, वडा नम्बर ४बाट कालिदेवी आविका तिर्थरमण सेढाई छन् । त्यसैगरि वडा नम्बर ५ बाट नारायणस्थान माविका कालिदास दाहाल, वडा नम्बर ६ बाट पन्चकन्या माविका सत्यमान घिसिङ, वडा नम्बर ७ बाट राधाकृष्ण माविका पन्चमान तामाङ, वडा नम्बर ८ बाट सेतिदेवी माविका अक्कल तामाङ र वडा नम्बर ९ वटा कुशेश्वर माविका राजकुमार चौधरी चयन भएका छन् । महिला सदस्यमा जनज्योति माविका बिमला वाइबा तथा प्रदेश प्रतिनिधिहरूमा महेन्द्र लामा, बिष्णुहरी बडाल र लक्ष्मी तामाङ चयन भएका छन् ।
दोस्रो अधिवेशन उद्घाटन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका काभ्रेका अध्यक्ष श्याम पाण्डे पुगेका थिए । उनले कार्यक्रममा बोल्दै संगठनको नीति, नियम र हित बिपरित काम गर्नेलाई कडा कार्बाही चेतावनी दिए । साथै बदलिँदो परिस्थितिमा गम्भीर भएर संगठन सुदृढिकरणमा लाग्न नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष पाण्डेले निर्देशन समेत दिए ।
Facebook Comments