१ बैशाख, धुलिखेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झा विभूषित हुनुभएको छ । प्रमुख झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा विभूषित गर्नुभएको हो ।
राष्ट्रलाई योगदान पुर्याए वापत डाक्टर झालाई विभूषित गरिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि काभ्रे जिल्लामा यसको नियन्त्रण र रोकथाममा डाक्टर झा अग्रपंक्तिमा रहेर काम गर्दै आइरहनुभएको छ ।
राष्ट्रपति भण्डारीले आजै डाक्टर झा सहित बिभिन्न पेशा, व्यवसाय एवं सामाजिक क्षेत्रमा क्रियाशील ४५२ जनालाई आज विभूषित गर्नुभएको थियो ।
Facebook Comments