Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home फिचर

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in फिचर
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ
Spread the love
    

प्रिय जुनु !

साँच्चै तिमी त आकाशको जुन भयौ । पूर्णिमाको चन्द्रमा बन्यौ । माथि महाभारतको लेकबाट झुल्किने घामजस्तै । अब त हाम्रो जिन्दगीमा झुलुक्क झुल्किन्छ्यौ मात्र सम्झना बनेर । त्यसैले हररात ताराखस्यौली लेकतिर, बादलको देशभित्र चम्किने मसिनो रातो ताराजस्तै चम्किरहेको देख्छु । जुनु, तिमी त कहिल्यैै नअस्ताउने गरी उदायौ । कहिलै नउदाउने गरी अस्तायौ । तिमी त बगिरह्यौ सुनकोसी बनेर निरन्तर निरन्तर, आफ्नै वहाबहरूमा, छालहरूसँग ।

जुनु ! मेरी बहिनी,

भोलि भाइटीकाको दिन ! हुन त परदेशमा हाम्रो सांस्कृतिक पर्वहरूको महत्वभन्दा पनि आफ्नै कामको ध्याउन्न मात्र हुन्छ । जिन्दगीलाई आफ्नै सतहभन्दा एक कित्तामाथि उकाल्छु कि भनेर संयुक्त अधिराज्य अमेरिकाको यो भूमिमा टेकेको पनि करिब दुई वर्ष बितिसकेछ ।

टेक्सासको एक सहायक रोडको छेउ भएर डेरा फर्किँदै गर्दा बाटाभरि फुलेका ‘टुलिप’का फूल आँखामै ठोक्कियो । आफ्नै लयमा फुलिरहेका विदेशी फूलहरू देख्छु । फूलहरूको त वर्ग हुँदैन । यिनीहरूमा कुन माटोमा फुल्ने र नफुल्ने भन्ने ज्ञान पनि रहन्न सायद ।

प्रिय बहिनी ! हुन त यो जिन्दगीले फूलहरूसँग प्रेम गर्न बिर्सेको पनि थुप्रै भयो । वसन्त याम सकिँदै गर्दा तिमीले मखमली, सयपत्रीसँगै अरू थुप्रै आदिवासी फूलका बेर्नाहरू घरमुनि सारेको अझै याद आइरहन्छ । विभिन्न फूलहरू आँगनको छेउछेउ थुप्रै छथ्र्यौ, रोप्थौ तिमी । शरद सकिँदै गर्दा तिमीले रोपेका हरेक फुलहरू भक्कु फुल्थे । त्यही मौसममा आउने तिहारमा तिमीले आफैँ रोपेर हुर्काएका फूलहरूले हामीलाई सजाउँथ्यौ ।

तिम्रा कोमल मायावी हातहरूले भाइटीकाको दिन हामी दाजुभाइहरूको गलामा पहिरिएको माला अब स्मृतिमा बाहेक कहिलै भोग्न पाइनेछैन । तिमीले हामीलाई ओखरमा बाधा–अड्चन फोरिदिन्थ्यौ । सप्तरंगी टीका लगाइदिन्थ्यौ । त्यतिवेला साँच्चै यो दुनियाँको रंग नै अर्कै हुन्थ्यो । मुटुभित्रका तृप्तताहरूमा बेजोडको खुसी भथ्र्यौ ।

तर जुनु !

अब यी सबै स्मृतिमा मात्र सीमित रहे । केवल सम्झनामा मात्र बगिरहने भयो । मनभित्र अनेक बेदनाको ओइरो बनेर बगेको बेतिनी खोलाजस्तै ।

अमेरिकाको टेक्सास राज्यमा अचेल निख्खुर जाडो छ । समुद्री किनारको एक भव्य सहर । यहाँ कसको दुःख–पीडा कसलाई मतलब हुन्छ र । परपरसम्म टाँगिरहने समुद्रको एक छेउ पुग्छु । चुपचाप नतमस्तक छ समुद्र । मानौँ ऊ पनि दुःख बिसाउँदै छ ।
आमालाई फोन गरेँ । सम्झेँ अलि समय मिलेन कि ? र पनि त आमा भन्नेबित्तिकै मोबाइलका किबोर्डहरू आफैँ डाइल भइदिन्छन् । मानौँ अटो करेक्टरमा छ सिस्टम ।

थोरै कुराकानी भयो आमासँग । सम्झना तिम्रै । प्रसंग तिम्रै । विषयवस्तु तिम्रै ।

झन् यसपालि घरवरिपरि बेजोडले फुलेका छन् रे सयपत्री, मखमली । एक महिना भयो अरे फुल्न थालेको पनि । हुन त फूलहरू त फुल्नुपर्ने, ओइलिनुपर्ने, झर्नुपर्ने । तर, यसो भएनछन् । फूलहरू मात्र फुलिमात्र रहे । केही बोटहरू त नफुलोस् भनेर आमाले पानी हाल्न पनि छोड्नुभयो अरे । तर, तिनै फूलहरूचचाहिँ झन् बेजोडले फुलेदेखि आमाले बिहान–बेलुका समय मिलायर फेरि पानी दिन थाल्नुभएछ ।

प्रिय जुनु !

तिमीले यो कस्तो रोदन गरायौ, हाम्रो मुटुमा । आँगनभरि फूल फुल्दा पनि मन ओइलिनुपर्ने ? फूलहरूको मुस्कानले हिर्काएर हृदय चोइटिनुपर्ने ? ओइलिनुपर्ने, झर्नुपर्ने त तिमीले तिम्रै हातले रोपेर राखेको फुलहरू थियो । तर, उस्तो रहेन ।

सम्झेँ तिमी हामीसँगै छौ । फुलेका फूलका मुस्कानहरूमा । फूलका हाँसोहरूमा । फूलका चमकतामा । सबै–सबैमा तिमी छौ । र त फूल आँगनभरि छ ।

अनि आमालाई सम्झाउँदै भनेँ– ती फूलहरूलाई मर्न नदिनू । अघाउँजी फुलोस् । उसले सकुन्जेल फुलोस् । मनमौजी फुलोस् ।

‘भर्खर अर्को स–सानो फूलका बोटहरू पनि हुर्किंदैछन् । नरोपेकै बोटहरू कसरी थपिँदै गए थाहा छैन,’ आमा भन्दै हुनुहुन्थो ।

मैले सानी भान्जी सम्झेँ । उसले देख्न बाँकी संसार सम्झेँ । भोग्न बाँकी जिन्दगी सम्झेँ । आमालाई भने– आमा ! फूलहरू साना–ठूला सबैलाई हुर्काउनू । फुलाउनू । जति फुल्ने हो फुलोस् ।

हाम्रो ‘आङा’ र ‘कोन्मे’ बहिनी र भान्जी अहिले रहेको भए यसरी नै फुल्थे होला आमा । हो यसरी नै मुस्कुराउँथे होला । यसरी नै हाँस्थे होला । उताबाट केही आवाज आएन । थोरै सुँक्क–सुँक्क सुनेँ … ।

आमा रुनुभयो सायद ।

आँखाको डिलबाट आँसुहरू तप्प–तप्प खसे भुइँमा । आँसुको जात पानीमै त हो मिसिने । समुद्रको पानी माथि तप्प फुट्यो ।

जुनु !

तिमी माइती झरेको दिन भाइटीकाको अघिल्लो साँझ राति अबेरसम्म अँगेनोमा सेल रोटी हाल्दै, माला उन्दै आमासँग भाइटीकाको साइत समाउन आतुर तिम्रा कोमल आँखाहरू सम्झन्छु ।

मन बेस्सरी गाँठो भएर आउँछ । टेबलको मिनिरल वाटर तान्छु । सिसाको ग्लासमा भरि खन्याउँछु । ग्लासमा तिम्रै अनुहार झलझली देख्दा मन थामिन्न । जबर्जस्ती पिउँछु । घाँटीमै डल्लो पर्छ पानी । किकलिक्क पर्छु । सर्किन्छ ।

असरल्ल बिस्तारामाथि डङरंग पल्टिन्छु । सिलिङमा भान्जीको कलिला अनुहार छपक्कै देक्छु । घोप्टो पर्छु । ढलपल–ढलपल आँसु झर्नै लागेको आप्पाले आँखालाई शिरको टोपी फुकालेर गह्रौँ हातले चाउरी परेको परेलीको डिल सपक्कै पुछेको याद आउँछ ।

जुनु ! क्रान्तिमा लागेको त्यो क्षण बागमतीको तीरैतीर हिँडेर घर पुगेको कुनै साँझ । तिमी पनि भर्खर स्कुलबाट घर आइपुगेकी हुन्थ्यौ ।

‘ज्यो ज्यो’ दज्जुको झोला खोलेर निकालेका गह्रौँ माक्र्सवादी पुस्तकलाई देखाउँदै बडो जिज्ञासाका साथ सोध्नुहुन्थ्यो ।

‘कत्रो किताप’ ?

मैले सहज जवाफ दिन्थेँ, ‘यो हाम्रो वर्गको पुस्तक हो, हामीले पढ्ने हाम्रो मुक्तिको आवाज हो यो ।’ तिमीले कति बुज्थ्यौ कति बुज्दैनथ्यौ म अहिले नि बुझ्दिनँ ।

तिमी हतार–हतार निलो सर्ट र कलेजी फ्रकको ड्रेस चेन्ज गरेर मलाई खाजा बनाउनतिर लाग्थ्यौ ।

जुनु !

यतिखेर म बालकोनी निस्केर टेक्सासको आकाश नियालिरहेको छु । आकाश निलो छ । कतै सिन्दुरे मिसिँदै । यता अलि लामै साँझ पर्छ । घाम पश्चिम डल्केर पूर्व फर्किसके सायद । पूर्वतिर अँध्यारोले छोपिँदै छ । तिम्रो निलो स्कुल ड्रेसको सम्झनाले झन् ज्यादा पोल्दै छ मन । मुटु निलो हुँदै छ । यादहरू कालो भएर आउँदै छ ।

कहिलेकाहीँ आमालाई फोन गर्दा कतै ‘कोन्मेले’ भान्जीले भर्खर सिक्दै गरेको तोते बोली सुन्लान् कि जस्तो आस हुन्छ । ‘आस्याङ’ माम भन्छन् कि जस्तै लाग्छ । जुनु मान्छे नै त हो आस मार्न सकिँदो रहेनछ । आसैआसको अर्को सुन्दर भोगाइ पनि ।

कहिलेकाहीँ आमालाई फोन गर्दा कतै ‘कोन्मेले’ भान्जीले भर्खर सिक्दै गरेको तोतेबोली सुन्लान् कि जस्तो आस हुन्छ । ‘आस्याङ’ माम भन्छन् कि जस्तै लाग्छ । जुनु मान्छे नै त हो आस मार्न सकिन्न रहेछ । आसैआसको अर्को सुन्दर भोगाइ पनि त रहेछ छोडेर जानेको यादमा बाँच्नेहरूले गर्ने जीवनको अर्थ ।

प्रिय जुनु !

भने नि तिमी त आकाशकै जुन भइहाल्यौ । बादल भयौ, बतास भयौ । हावा बन्यौ ।

जुनु, कुनै दिन तिमी बतासिँदै टेक्सासको आकाशतिर हुत्तिदै गयौ भने पक्कै एक झोक्का मेरै छाती भएर हुत्तिनु । मेरो पनि मन छोएर गइदिनु । मेरो बाटो भएर लागिदिनु ।

हाम्रै घरको आँगनमा पुग्नु । दियो बत्तीमा अल्झिनु । घरलाई उज्यालो बनाउनु । आमाको आँखामा खुसीका एक धर्सा कोर्नु आप्पाको मुहारमा एक सप्को मुस्कान थपिदिनु ।

लाख–लाख श्रद्धाञ्जली प्रिय बहिनी जुनु । प्रिय ‘कोन्मे’ सुकोमल माया अनि हार्दिक सम्झना ! बहिनी !

 

उही तिम्रो अभागी दाइ

(अमेरिकाको टेक्सस, हुसटन)

Post Views: 367

Spread the love
    

Facebook Comments

Next Post
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!