Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home शिक्षा

३ महिनामै गुगलले कमायो ५० खर्ब, महामारीमा फेसबुकलाई पनि फलिफाप

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in शिक्षा
३ महिनामै गुगलले कमायो ५० खर्ब, महामारीमा फेसबुकलाई पनि फलिफाप
Spread the love
    

विश्वव्यापी कोभिड-१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ । अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।

जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा गुगलले यो पटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ । साथै गुगलले यो अवधिमा ११ अर्ब २० करोड डलर खुद आय गर्न सफल भएको छ ।

गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाइले एक वक्तव्यमा गत त्रैमासिक कम्पनीका लागि निकै सबल रहेको भन्दै यो सफलता आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधिमा गरिएको गहन लगानीको परिणाम भएको बनाएका छन् ।

गुगलले सार्वजनिक गरेको त्रैमासिक रिपोर्टले त्यसअघिको कम्पनीको निरासाजनक त्रैमासिकलार्य समेत बिर्साएको छ । सन् २०२० को दोश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा पहिलोपटक गिरावट आएको थियो ।

जबकि तेश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा अघिल्लो वर्षको सोही त्रैमासिकको अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा गुगल सर्च विज्ञापन आयमा ६.५ प्रतिशत र युट्युब विज्ञापन आयमा ३२ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकलाई महामारी फलिफाप

कोरोना भाइरस महामारी विश्वका प्रविधि कम्पनीहरुका लागि निकै फापिरहेको बेला फेसबुकलाई पनि यो फलिफाप बनिरहेको छ । तथापि अनिश्चितता भने कायमै रहेको फेसबुकले जनाएको छ ।

विश्लेषकहरुको अनुमानलाई गलत सावित गर्दै तेश्रो त्रैमासिक अवधिमा फेसबुकले २१ अर्ब ४७ करोड डलर आम्दानी गर्न सफल भएको छ । फेसबुकको यो आय गत वर्षको तेश्रो त्रैमासिकको भन्दा २२ प्रतिशतले बढी हो । त्यसैगरी यस अवधिमा फेसबुकको खुद आय ७ अर्ब ८५ करोड भएको छ ।

कम्पनीले जारी गरेको तेश्रो त्रैमासिक रिपोर्टअनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ७४ करोड पुगेको छ ।

जुन अघिल्लो वर्षको भन्दा १२ प्रतिशत बढी हो । इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपलगायतका फेसबुकका विभिन्न एपहरुका कूल प्रयोगकर्ताको संख्या चाहीँ ३ अर्ब २१ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा १४ प्रतिशतले बढी हो ।

Post Views: 220

Spread the love
    

Facebook Comments

Next Post
नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन

आन्तरिक राजस्व कार्यालयद्धारा २ आर्थिक वर्षको हिसाब मिलान गर्न व्यवसायीसँग आग्रह

आन्तरिक राजस्व कार्यालयद्धारा २ आर्थिक वर्षको हिसाब मिलान गर्न व्यवसायीसँग आग्रह

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!