भकुण्डेबेसी, २४ कात्तिकः काभ्रेको नमोबुद्ध नगरपालिकाले मंसिर २ गतेसम्म बन्द हुने भएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आज एक सूचना जारी गर्दै भोली २५ गतेदेखि मंसिर २ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिनुभएको हो ।
सूचनामा नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएकाले सेवा स्थगन गर्नुपरेको उल्लेख गरिएको छ । संक्रमित कर्मचारी होम आइसोलेसनमा रहेको र अन्य कर्मचारीमा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जारी गरेको सूचनामा भनिएको छ ।
नगरपालिकासँगै वडा कार्यालयहरुको समेत सेवा स्थगन गरिएको छ । तर नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सबै अत्याश्वक सेवा भने जारी नै रहने भनिएको छ ।
Facebook Comments