बाह्रबिसे, २४ कात्तिकः पूर्व सञ्चारमन्त्री मोहान बहादुर बस्नेले राजनीतिसँगै कृषि क्षेत्रमा ब्यस्त हुन थाल्नुभएको छ । पूर्व मन्त्री बस्नेत ब्यवसायीक रुपमै कृषि क्षेत्रमा संलग्न हुनु भएको हो ।
पछिल्लो समय बस्नेतको समय राजनीति भन्दा बढी खेतीपातीमा बित्ने गरेको छ । बस्नेतले आफै जन्मिएको ठाउा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ मा सय रोपनीभन्दा बढी जमिनमा मौसम अनुसारको फलफूल खेती, तरकारी खेती, पशुपालन गर्न थाल्नु भएको छ ।
अहिले बस्नेत असारमा लगाएको धान भित्र्याउन ब्यस्त हुनुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले गएको असारमा सय रोपनी क्षेत्रफल जमिनमा धान रोप्नुभएको थियो । पूर्वमन्त्री आफैँ दिनहुँ खेतमा पुग्नुहुन्छ । खेतलासँगै धान काट्नुहुन्छ । खेतबाट धान झारेर झण्डै तीन किलोमिटर भन्दा रहेको घरमा बस्नेत आफैले धान बोकेर लैजाने गर्नुभएको छ ।
बस्नेतले आफ्नो घर वरपरको २० रोपनीभन्दा बढी जग्गामा सुन्तला, कागती, लिची जस्ता मौसम अनुसार फलफूल र नगदे बाली लगाउनुभएको छ । ती फलफूल खेतीबाट बस्नेत आम्दानी समेत लिन थाल्नुभएको छ । गाउँमै माछापालन पनि गर्न थाल्नुभएको छ । बस्नेतले भक्तपुरको बालकोटमा गाईपालन र तरकारी खेती पनि गर्दे आउनु भएको छ ।
थप भिडियो हेरौँ
Facebook Comments