धुलिखेल, १५ कात्तिकः बनेपा नगरपालिकाको वडा नम्बर ११ सिनागाल जंगलमा एक अपरिचित पुरुषको शव भेटिएको छ । अन्दाजी ३५/३६ बर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका इनिस्पेक्टर योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
इनिस्पेक्टर तिमिल्सिनाका अनुसार शव हेर्दा कम्तीमा २४ घण्टा अगावै ती पुरुषको हत्या भएको हुनसक्छ । प्रहरीले घटनाको छानविन सुरु गरिसकेको छ । शवलाई धुलिखेल अस्पतालमा राखिएको छ ।
Facebook Comments