Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

रसुवागढी नाकामा चिनियाँ पक्षको मनोमानी, नेपाली व्यवसायी मारमा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अर्थतन्त्र
रसुवागढी नाकामा चिनियाँ पक्षको मनोमानी, नेपाली व्यवसायी मारमा
Spread the love
    

काठमाडौं । चिनियाँ पक्षले कोरोनाका कारण स्वास्थ्य प्रोटोकल अपनाउँदा रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेका छन् । रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवाअन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका हुन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका पटक–पटक बन्द भइरहने भएपछि र सामग्री भित्र्याउने रसुवाबाहेक अर्काे विकल्प नभएकै कारण चिनियाँ पक्षले एकलौटी रुपमा भाडा बढाएको हो । कोरोनाका कारण हाल नेपाली व्यवसायीलाई चीनतर्फ प्रवेशमा रोक लगााइएको छ । कोरोनाकै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन ।

गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने हुँदा एकतर्फी रुपमा भाडा दर बढेको हो । केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५० हजार चिनियाँ मुद्रा सम्म लिने गरेको व्यवसायीको गुनासो छ । यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ ।

रसुवा नाकाबाट अहिले अधिकांश रेडिमेड पोशाकका सामग्री भित्रिरहेका छन् । सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य भएको व्यवसायीहरुको गुनासो छत । दसैं, तिहार र जाडो लक्षित सामग्री अहिले तुरुन्तै नभित्र्याए व्यवसाय डुब्ने अवस्थामा पुग्ने हुँदा व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेको व्यवसायीहरुको गुनासो छ ।

यसअघि यो सडक खण्डको भाडा दर प्रति कन्टेनर दुई हजारदेखि पच्चीस सयसम्म हुने गर्दथ्यो । रसुवातर्फको भाडा दर घटाउने बारे नेपाल तर्फबाटै चासो नभएको व्यवसायीको गुनासो छ । अहिले रसुवा नाकाबाट दैनिक हाराहारी १० कन्टेनर नेपाल भित्रन्छन् । यसअघि ३० भन्दा बढी कन्टेनर सामग्री बोकेर नेपाल भित्रने गरेका थिए ।

रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले अहिले दैनिक एक करोड बराबरको राजस्व संकलन हुने गरेको बताउनुभयो ।भाडा दर बढेकै कारण अहिले नेपाल भित्रिने कन्टेनरमा कमी आएको हुन सक्ने उहाँको अनुमान छ ।

Post Views: 241

Spread the love
    

Facebook Comments

Next Post
कोरोनाले गर्भवती र सुत्केरी महिलालाई कस्तो असर गर्छ ? (भिडियो)

कोरोनाले गर्भवती र सुत्केरी महिलालाई कस्तो असर गर्छ ? (भिडियो)

काभ्रेकी बुद्धिमाया एल्बम निकाल्ने रहर कहिले पुरा होला

काभ्रेकी बुद्धिमाया एल्बम निकाल्ने रहर कहिले पुरा होला

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!