Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home फिचर

लकडाउनमा पनि बन्द नभएको एउटा विद्यालय

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in फिचर
लकडाउनमा पनि बन्द नभएको एउटा विद्यालय
Spread the love
    

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट शिक्षा क्षेत्र पनि थलिएको छ । कोरोनाकै कारण यो वर्षको शैक्षिक सत्र खेर जाने जोखिम बढेको छ । अनलाइन, रेडियो, टेलिभिजन आदिबाट सञ्चालित दूरशिक्षा खासै प्रभावकारी हुन नसकेको गुनासो आइरहेका छन् । सबै विद्यार्थी दूरशिक्षाको पहुँचमा पनि छैनन् ।

अपवाद बाहेक देशभरीका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । त्यही अपवादमा पर्छ, बागलुङ तंग्रामस्थित धारा माध्यमिक विद्यालय (मावि) ।

धारा माविले गत जेठ दोस्रो सातादेखि विद्यालय सञ्चालन गरिरहेको छ । विदेशबाट फर्कनेहरूका लागि क्वारेन्टिन बनाउने बेलामा असारमा दुई हप्ता मात्रै विद्यालय बन्द भएको व्यवस्थापन समितिका अध्यक्ष अमर थापा बताउँछन् ।

त्यतिबेला पनि माध्यमिक तहमा अतिरिक्त कक्षाहरू जारी नै रह्यो । असारमा पनि कक्षा ९, १०, ११ र १२ को अंग्रेजी, विज्ञान र गणितको पढाइलाई निरन्तरता दिइएको थियो ।

चैत पहिलो सातादेखि बन्द भएको विद्यालय सञ्चालनमा आउनुअघि टोल शिक्षाको अवधारणअनुसार विद्यार्थीको घरमै पुगेर होमवर्क दिने कोरोनाबारे सचेता जगाउने काम गरिएको थियो ।

थापा भन्छन्, ‘तर शिक्षकहरू भने लकडाउन भनेर एक दिन पनि घर बस्नु भएन । विद्यालय आएर पुस्तकालय सजाउने, फुलवारी सिंगार्ने काम गर्नुभयो ।’

विद्यालय सञ्चालन नगर्न धम्की

कोरोनाका बेला मात्रै होइन यसअघि नेपाल बन्द र चाडपर्वमा पनि यो विद्यालयले पठनपाठन गर्दै आएको थियो । थापा भन्छन्, ‘हामीले दशैँ, तिहार, गणतन्त्र दिवस र संविधान दिवसबाहेक अरु बिदामा विद्यालय बन्द गर्दैनौँ ।’

विद्यालय नियमित सञ्चालन गर्दा सरकारलाई नटेरेको भन्दै थुप्रै ठाउँबाट बन्द गर्ने धम्की आएको थापा बताउँछन् । उनी भन्छन्, ‘गाउँपालिका र प्रमुख जिल्ला अधिकारीबाटै फोन आउँदा पनि पढाइ अवरुद्ध हुँदा विद्यार्थीमा पर्ने असर सम्झेर विद्यालय बन्द गरेनौं ।’

विद्यार्थी र शिक्षक–कर्मचारीको स्वास्थ्यप्रति विद्यालयले वेवास्तै गरेको हो त ? ‘होइन, हामीले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका हौं,’ थापा भन्छन् ।

कोरोनाबाट जोगिँदै पढ्ने उपाय

विद्यालयमा १७ जना शिक्षक र ३ सय १० विद्यार्थी छन् । एउटा कक्षामा १२ देखि ३५ जनासम्म विद्यार्थी छन् । जसले गर्दा सामाजिक दूरी कायम गर्न गाह्रो छैन ।

शौचालय जाँदा आउँदा र प्रत्येक घण्टा हात धुनको लागि विद्यालयले साबुन पानीको व्यवस्था गरिएको थियो । त्यो नियम अहिले पनि जारी रहेको शिक्षक भीमबहादुर बिकले जानकारी दिए । उनका अनुसार गाउँभन्दा बाहिर गएका विद्यार्थीलाई एक हप्ता विद्यालय नआउन भनिएको थियो ।

कालो बादलमा चाँदीको घेरा भने जस्तै कोभिड–१९ को नकरात्मक पक्ष मात्रै छैन । महामारीपछि विद्यार्थीहरूमा सरसफाइमा ध्यान दिने, नियमित हात धुने बानीको विकास भएको शिक्षकहरू बताउँछन् । विद्यालयले सामाजिक दूरी र मास्कको प्रयोग अनिवार्य गरेको छ ।

विद्यालयमा नियमित हात धुने र मास्क लगाएर पढ्दा कोरोनाबाट खासै त्रसित नभएको कक्षा नौ की ज्योति पुन बताउँछिन् । उनी भन्छिन्, ‘शहरी क्षेत्रमा जति कोरोनाको भय हामी कहाँ थिएन ।’

सरकारले पढाइ नै नगरी कक्षा चढाउँदा विद्यार्थीले माथिल्लो कक्षाको पाठ्यक्रमको भार थेग्न समस्या पर्ने र गुणस्तरमा ह्रास आउन सक्ने भएकाले चुनौतिका बावजुद पढाइलाई निरन्तरता दिइएको विकल्प नभएको अध्यक्ष थापा बताउँछन् । विद्यार्थीहरू खाली बस्दा नकारात्मक प्रभाव पर्ने जोखिम रहेको उनको भनाइ छ ।

बोर्डिङ स्कुलकै कोर्ष

जिल्ला सदरमुकाम बाग्लुङबाट करिब २५ किलोमिटर उत्तरमा रहेको काठेखोला गाउँपालिका–४ स्थित धारा माविमा २०५४ सालसम्म कक्षा पाँच कक्षासम्म पढाइ हुन्थ्यो । सरकारले जम्मा पाँच जना स्थायी शिक्षकको व्यवस्था गरेका बेला विद्यालय व्यवस्थापन समिति र स्थानीयले आफ्नै श्रोतमा निमावि बनाए ।

२०६२ सालमा आफ्नै श्रोतमा थप दुई कक्षा थपेर मावि बनाए । २०६३ सालदेखि अंग्रेजी माध्यमको पढाइ सुरु भयो । ०६६ सालमा आफ्नै श्रोतबाट कक्षा ११ र १२ को पठन पाठन सुरु गर्‍यो ।

०६६/६७ सालमा विद्यालयले १० कक्षासम्मै अंग्रेजी पाठ्यक्रमको पढाइ सुरु गरिसकेको थियो । त्यतिबेला, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसारको पुस्तक पाउन निकै गाह्रो भएको थापा बताउँछन् । उनी भन्छन्, ‘अहिले भने हामीले संस्थागत विद्यालयमा पढाइ हुने पुस्तक पढाइरहेका छौं ।’

१० वर्षअघिसम्म स्थानीय मनकारीकै आर्थिक सहयोगले विद्यालय टिकेको अध्यक्ष थापा बताउँछन् । ०६७ मा सरकारले तीन जनाको निमावी राहत दरबन्दी दिएपछि भने आफूहरूलाई थोरै भए पनि सजिलो भएको उनको भनाइ छ ।

समुदायको पहल

भौतिक संरचनाको हिसाबले पनि जिल्लामा यो विद्यालय अब्बलमै गनिन्छ । ०६३ मा ४५ लाख रुपैयाँको लागतमा १० कोठे पक्की भवन निर्माण गरेको थियो । त्यो भवन बनाउन जिल्ला शिक्षा कार्यालयले तीन लाख र जिवाइसी नामक संस्थाले दुई लाख सहयोग गरेको थियो । बाँकी खर्च स्थानीयले नै जुटाएका थिए ।

बैठक कोठामा व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक स्टाफबीच छलफल गर्दै ।
जिल्ला शिक्षा कार्यालयबाट सात लाख रुपैयाँ अनुदान पाएर ०६८ सालमा ३१ लख बराबरको छ कोठे पक्की भवन तयार पार्‍यो । ०७१ का चार कोठे हलसहितको सुविधा सम्पन्न पक्की भवन ४८ लाख रुपैयाँमा तयार भयो । त्यसका लागि सरकारले ३२ लाख उपलब्ध गराएको थियो ।

विज्ञान प्रयोगशाला, ३५ वटा कम्प्युटर, जुनियर र सिनियरका लागि छुट्टाछुट्टै पुस्तकालय छन् । भीम सुनार र जीत सुनारले आफ्नो दिवगंत बाबाको स्मृतिमा निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिएका छन् ।

विद्यालयमा २७ कोठा छन् । जसले गर्दा पनि सामाजिक दूरी कायम गर्न सजिलो भएको छ । विद्यार्थीले वर्षमा भरीमा करिब दुई हजार रुपैयाँ तिर्छन् । ‘त्यसबापत पोसाक दिन्छौँ, वार्षिक छ वटा परीक्षा शुल्क पनि त्यसैमा पर्छ’ व्यवस्थापन समितिका अध्यक्ष थापा भन्छन् ।

निरन्तर उत्कृष्ट नतिजा दिन सफल धारा मावि यसभेगका विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको छ । शिक्षक भीमबहादुर बिक भन्छन्, ‘हामी कहाँ दुई घण्टा हिँडेर पढ्न आउने विद्यार्थीहरू पनि छन् । यो स्थानीयवासी र विद्यालय व्यवस्थापन समितिकै प्रयासले सम्भव भएको हो ।’

Post Views: 182

Spread the love
    

Facebook Comments

Next Post
उहिले भैंसीको ढाडमा चित्र कोर्थे, अहिले सौराहा सिँगारे

उहिले भैंसीको ढाडमा चित्र कोर्थे, अहिले सौराहा सिँगारे

काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन

काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!