Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

मंसिरबाट नेपालमै अलैँचीको प्रशोधन हुने, प्रशोधन क्षमता कुल उत्पादनको १५ प्रतिशत

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in खेतबारी
मंसिरबाट नेपालमै अलैँचीको प्रशोधन हुने, प्रशोधन क्षमता कुल उत्पादनको १५ प्रतिशत
Spread the love
    

नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ। अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मंसिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ।

झापाको अर्जुनधारामा तीन करोड रूपैयाँको लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ। उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ। उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन्।  गुणस्तरीय अलैँचीलाई १००-१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ। अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ। यस्तै अलैँचीलाई ‘माउथ फ्रेस्नर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ।

‘हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ’, सञ्चालक भट्टराईले भने, ‘यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ। स्वदेशमा बढी निर्यात हुने सम्भावना छ।’  अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ। यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ।

नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ।  ‘एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन’, सञ्चालक भट्टराईले भने, ‘एउटा नमूना सुरूवात गरेको हो।’ भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ।

उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ।  मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो।  ‘हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ। बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो’, उनले भने।

उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ। समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ। यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ। स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ। (रासस)

Post Views: 135

Spread the love
    

Facebook Comments

Next Post
‘लाख’ सास्ती पाएर धनगढी पुगेको बाजुराको स्याउ

‘लाख’ सास्ती पाएर धनगढी पुगेको बाजुराको स्याउ

बङ्गलादेशबाट मल ल्याउन नेपाललाई भारतले सहयोग गर्ने

बङ्गलादेशबाट मल ल्याउन नेपाललाई भारतले सहयोग गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!