कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा भएको क्रसिङ गरिएको उखुको अनुदान पठाएको छ। रकारका तर्फबाट किसानले पाउने अनुदान सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण शाखामा पठाएको हो।
मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीकाअनुसार गत आवमा सलार्ही, सुनसरी, कञ्चनपुर, सिराहा, महोत्तरी, रौतहट, नवलपरासी र बारा गरी ८ जिल्लामा रहको ११ वटा उद्योगमा १ करोड ४८ लाख ५५ हजार ५ सय ९४ क्वीन्टल उखु क्रसिङ भएको थियो।
त्यसको मूल्य ९६ करोड ९७ लाख ७३ हजार १ सय ९० रूपैयाँ हुन आउँछ। त्यसमध्ये ९५ करोड २० लाख ५० हजार रूपैयाँ पठाएको छ। बाँकी १ करोड ९७ लाख १ सय ९० रूपैयाँ अर्को किस्तामा पठाइने मन्त्रालयले बताएको छ। सरकारले प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ३६ रूपैयाँ ५६ पैसा तोकेको छ।
किसानलाई प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदान दिएको छ। यस वर्ष सरकारले उखु किसानको अनुदान समयमै पठाएको छ। गत वर्ष उद्योगी र राज्य दुवैबाट उखुको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए।
Facebook Comments