Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home शिक्षा

नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in शिक्षा
नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
Spread the love
    

काठमाडौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ ।

सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ ।

सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६/७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ ।

यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

उमेर समूहमा (४० देखि ४९)वर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।

सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो ।

यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ ।

परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए । रासस

Post Views: 373

Spread the love
    

Facebook Comments

Next Post
सरकारले दियो उखु किसानको अनुदान

सरकारले दियो उखु किसानको अनुदान

मंसिरबाट नेपालमै अलैँचीको प्रशोधन हुने, प्रशोधन क्षमता कुल उत्पादनको १५ प्रतिशत

मंसिरबाट नेपालमै अलैँचीको प्रशोधन हुने, प्रशोधन क्षमता कुल उत्पादनको १५ प्रतिशत

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!