Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home जीवनशैली

खराब जीवनशैलीले क्यान्सरको जोखिम

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in जीवनशैली
खराब जीवनशैलीले क्यान्सरको जोखिम
Spread the love
    

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् । यो प्रक्रिया हाम्रो शरीरमा हरक्षण चलिरहन्छ ।

तर, क्यान्सर भएको अवस्थामा शरीरमा रातो रक्त कोशिषका (रेड ब्लड सेल्स) र सेतो रक्त कोशिका (ह्वाइट ब्लड सेल्स) अनावश्यकरुपमा बढ्न थाल्छ । यी क्यान्सरका कोशिकाहरु बिस्तारै–बिस्तारै शरीरमा फैलिन्छन् र स्वस्थ कोशिकाहरुको काममा पनि बाधा पुग्छ । यीनै रोगी कोशिकाहरुलाई क्यान्सर भनिन्छ ।

हाम्रो शरीरमा पनि कम्प्युटरमा जस्तै धेरै प्रकारका कोडिङ हुन्छन्, जुन जिनको माध्यमबाट हाम्रो बुवाआमाद्वारा हाम्रो शरीरमा आउँछन् । चुरोट, सुर्ति, नशालु पदार्थ तथा गलत खानपानको कारणले हाम्रो कोशिकाहरुको जेनेटिक कोड बदलिन्छ र यही हाम्रो शरीरमा क्यान्सरको कारण बन्छ । त्यसैले क्यान्सर लाग्नु वा नलाग्नुमा हाम्रो जीवनशैली नै खास जिम्मेवार छ ।

चिकित्सकहरुका अनुसार खराब खानपान, जीवनशैली क्यान्सरको मूल कारण हुन् । निस्क्रिय बस्ने व्यक्ति, चुरोट र सूर्ती सेवन गर्ने व्यक्ति क्यान्सरको जोखिममा हुन्छन् ।

कुनै पनि प्रकारको क्यान्सरको खतरा सुर्ति खाने तथा चुरोट पिउने व्यक्तिहरुमा अत्यधिक हुन्छ । त्यसैले क्यान्सर जस्तो गम्भीर रोगबाट बच्नु छ भने सुर्तिजन्य पदार्थको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।

चुरोट पिउँदा फोक्सोको क्यान्सर, मिर्गौलाको क्यान्सर, ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।

बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् । चुरोट वा बिँडी सेवन नगर्ने तर अरुले फालेको धुवाँको सम्पर्कमा निरन्तर बसिन्छ भने पनि खतरा हुन्छ ।

शरीरका लागि मदिरापान खतरानक हुन्छ र यसले क्यान्सरको पनि खतरा उत्पन्न गर्छ । मदिरापान बढि मात्रामा लामो समयसम्म सेवन गर्दा फोक्सोको क्यान्सर, स्तन क्यान्सर र गुदा क्यान्सर हुने सम्भावना बढ्छ ।

शरीरको तौल अनियन्त्रितरुपमा बढ्नु पनि क्यान्सर र यस्ता कतिपय गम्भीर रोगको कारण हुन सक्छ । तौललाई नियन्त्रणमा राख्नका लागि हरेक दिन शारीरिक परिश्रम गर्नु आवश्यक छ ।

दिनभरी एकै ठाउँमा बसेर काम गर्नुहुन्छ भने बिहान वा बेलुका समय निकालेर आधा घन्टा व्ययायाम गर्नैपर्ने बताइन्छ । शरीरको तन्दुरुस्तीका लागि पनि आवश्यक छ कि हामी जति क्यालोरी खानामा लिन्छौं, यसको प्रयोग हुनुपर्छ । अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ ।

शरीरलाई रोगबाट बचाउनका लागि, तन्दुरुस्तीका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो ।

घरमा प्रयोग हुने तेल, मसला र रासनको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । फलफुल खरिद गर्दा तिनीहरुलाई पकाउनका लागि कुनै केमिकल प्रयोग गरिएको छ कि छैन भन्ने हेर्नुस । मिसावटयुक्त र केमिकलयुक्त दूध तथा यसबाट बनेको पनिर, मिठाई र व्यञ्जनको प्रयोगले पनि शरीरलाई नोक्सानी पु¥याउँछ । खानामा बढिभन्दा बढि गेडागुडी र दालको प्रयोग गरौं ।

जंक फुडहरुमा क्यालोरीको मात्रा पनि बढि हुन्छ र यसमा स्वाद बढाउनका लागि कैयौ हानिकारक तत्वहरु प्रयोग गरिएको हुन्छ । त्यसैले शरीरलाई आवश्यक मात्रामा मात्र पौष्टिक आहार लिनुपर्छ

सूर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

सनस्क्रिनले केही हदसम्म यी हानिकारक किरणहरुको प्रभावबाट बचाउँछ । तर, यसका अलावा घाममा निस्कदा आफ्नो पुरा शरीरलाई ढाक्नु उपयुक्त हुन्छ । आँखालाई यी हानिकारक किरणहरुबाट बचाउनका लागि सनग्लास लगाउने र बढि गाढा रंगका लुगा लगाउनुपर्छ ।

Post Views: 228

Spread the love
    

Facebook Comments

Next Post
शरीरका लागि आवश्यक मिनरल्सको स्रोत के हो ?

शरीरका लागि आवश्यक मिनरल्सको स्रोत के हो ?

जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!