Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

बाबुको हत्या गरेको पोल खुल्यो, अनि प्रहरीले चिहान खोतल्यो !

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अपराध
पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा
Spread the love
    

पोखरा । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ खर्साङका वीरमान गुरुङले भदौ ३१ गते बाबुको मृत्यु भएको भन्दै गाउँलेलाई खबर गरे । वीरमानका बाबु ४१ वर्षीय राजकुमार गुरुङको मृत्यु भएपछि गाउँलेसहित मिलेर परम्पराअनुसार चिहानमा गाडे । गुरुङ संस्कारअनुसार बाबुको सतगत गरेपछि वीरमान घरमै बसिरहेका थिए ।

बाबुको सतगत गरेको ३ दिनपछि प्रहरी उनको घरमा पुग्यो । बाबुको हत्या गरी चिहानमा शव गाडेको आरोपमा प्रहरीले वीरमानलाई पक्राउ गर्‍यो । वीरमानले बाबुको हत्या गरी गाउँलेलाई मृत्यु भएको भन्दै खबर गरेको प्रहरीमा सूचना पुगेको थियो । सूचनाकै आधारमा प्रहरीले चिहानबाव शव उत्खनन् गरी अनुसन्धान अगाडि बढायो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा वादविवाद हुँदा २१ वषर्ीेय वीरमानले बाबुको हत्या गरेको खुलेको छ ।

‘घरमा त्यसअघि पनि झगडा भइरहने रहेछ । स्थानीयलाई शंका लागेपछि वीरमानले हत्या गरेर शव गाडेको सूचना प्रहरीमा आउनेबित्तिकै टोली खटिएको हो,’ आँबुखैरेनी प्रहरी चौकीका प्रमुख इन्स्पेक्टर विकास थापाले भने, ‘वीरमानलाई प्रक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं ।’

यसअघि पनि उनीहरुको घरमा झगडा भइरहने प्रहरीले पत्ता लगाएको छ । बाबुले मदिरा सेवन गरी घरमा झगडा गर्न थालेपछि वीरमानकी आमा पनि २ हप्तादेखि माइत थिइन् । ‘घरमा झगडा भइरहने रहेछ । त्यो दिन पनि वादविवादकै क्रममा वीरमानले बाबुको हत्या गरी शव परम्पराअनुसार चिहानमा गाडेछन्,’ तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले भने, ‘उनको अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टमसमेत भइसकेको छ । शरिरमा कुनै चोटपटक नदेखिएका कारणसमेत उनले बाबुको हत्या गरेको घटना लुकाउन खोजेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पूर्व नियोजित नभए पनि मदिरा सेवन गर्ने र घर झगडा भइरहने गरेका कारण यो घटना घटेको प्रहरीले जनाएको छ ।

Post Views: 225

Spread the love
    

Facebook Comments

Next Post
पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

साढे २५ करोड राजस्व छलीको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर

खराब जीवनशैलीले क्यान्सरको जोखिम

खराब जीवनशैलीले क्यान्सरको जोखिम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!