काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १ मा बागमती प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा विनियोजित बजेटबाट सडक स्तरोन्नतीको काम धमाधम भैरहेको छ ।
पूर्व वडा सदस्य धन बहादुर तामाङका अनुसार नमुना भवन माथिल्लो ग्वाङले हुँदै सहिदपार्कसम्मको सडक स्तरोउन्नती भैरहेको छ । यो सडक स्तरोउन्नतीका लागि सांसद लम्सालको पहलमा चालु आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सडक स्तरोउन्नतीको काम अन्तिम चरणमा पुगेको छ । काम सकिएपछि बर्खाको बेला पनि आवातजावात गर्न निकै सजिलो हुने पूर्व वडा सदस्य तामाङले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।
सडकमा ढलान, सोलिङ, नाली बनाउने लगाायतका काम गरिएको छ ।
Facebook Comments