काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा गाउँपालिका मध्ये आर्थिक वर्ष २०७९/०८० का लागि ४ मात्रै बजेट ल्याएका छन । नीति तथा कार्यक्रम भने ७ वटै गाउापालिकाले ल्याएका छन् ।
असार १० गते बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार नै जिल्लाका ७ वटा गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएका हुन् ।
बजेट ल्याएका चार वटा गाउँपालिका मध्ये सबैभन्दा बढी रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार बजेट ल्याएको छ ।
बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख २९ हजार, खानीखोला गाउँपालिकाले ४७ करोड ४ लाख ७ हजार र महाभारत गाउँपालिकाले २८ करोड ५० लाख ल्याएका छन ।
भुम्लु गाउँपालिका, तेमाल र चौरीदेउराली गाउँपालिकाले भने नीति तथा कार्यक्रममा मात्रै सार्वजनिक गरेका छन । छिट्टै बजेट पनि ल्याउने तयारी यी गाउँपालिकाले गरेका छन् । काभ्रेको ७ वटै गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार छ ।
Facebook Comments