काभ्रेपलाञ्चोक जिल्लाका ६ वटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन ।
असार १० गते बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार नै जिल्लाका ६ वटा नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । कतिपय नगरपालिका हिजै बजेट पास गरेका छन ।
कतिपयले भने नगरसभा समक्ष बजेट पेश गरेका छन । ब्यापक छलफलपछि नीति तथा कार्यक्रम र बजेट पास हुनेछ । आगामी आर्थिक वर्षका सबैभन्दा बढी पनौती नगरपालिकाले १ अर्ब ६० करोड १३ लाख बजेट नगरसभामा पेश गरिएको छ ।
जिल्ला सबैभन्दा पहिलो नगर बनेपा नगरपालिकाले १ अर्ब ५५ करोड २४ लाख रुपैयाँको बजेट ल्याएको छ । धुलिखेल नगरपालिकाले १ अर्ब ३५ करोड, पाँचखाल नगरपालिकाले १ अर्ब २९ करोड ९६ लाख, मण्डनदेउपुर नगरपालिका ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ बजेट नगरसभामा प्रस्तुत भएको छ भने नमोबुद्ध नगरपालिकाले ४७ करोड ४८ लाख ४५ हजार नगरसभामा पेश गरेको छ ।
काभ्रेमा रहेका ७ वटा गाउँपालिका मध्ये रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार, बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख २९ हजार, खानीखोला गाउँपालिकाले ४७ करोड ४ लाख ७ हजार र महाभारत गाउँपालिकाले २८ करोड ५० लाख ल्याएका छन ।
भुम्लु गाउँपालिका, तेमाल र चौरीदेउराली गाउँपालिकाले भने नीति तथा कार्यक्रममा मात्रै सार्वजनिक गरेका छन ।
Facebook Comments