धुलिखेल नगरपालिका वडा नम्बर ३ मा वागमती प्रदेशका सांसद लक्ष्मण लम्सालको पहलमा मोटरबाटो स्तरोन्नतिको काम धमाधम भैरहेको छ ।
पतञ्जली गेटबाट पोखरेल गाउँ हुँदै भुजेल डाँडा जाने मोटरबाटोको स्तरोन्नति भैरहेको हो । उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर थापाको नेतृत्वमा काम भैरहेको छ ।
अनुगमन समितिका सदस्य आनन्द पोखरेलको प्रत्यक्ष निगरानीमा सडक स्तरोन्नतिको काम धमाधम भैरहेको छ । यो सडक स्तरोन्नतिका लागि सांसद लम्सालको पहलमा १० लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।
यो मोटरबाटोमा रिटेरिङ वाल, २५० मिटर ड्रेन, ४ वटा कल्भर्ट निर्माण हुनेछ । मोटरबाटो स्तरोन्नति भएपछि पतञ्जली, पोखरेल गाउँ र भुजेल गाउँका ४० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन ।
विरामी पर्दा एम्बुलेन्स गाउँ जान, किसानको तरकारी बजार ल्याउन, दैनिक हिड्डुल गर्न समेत निकै सजिलो हुने अनुमान समितिका सदस्य पोखरेलले जानकारी दिनुभयो ।
Facebook Comments