Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

केयु र बागमती प्रदेशको कृषि मन्त्रालयबीच रसायनिक मल कारखानाको डिपिआर गर्न सम्झदारी

मिलिजुली खबर by मिलिजुली खबर
४ दिन अगाडि
in गृहपृष्ठ, समाचार, समाज
केयु र बागमती प्रदेशको कृषि मन्त्रालयबीच रसायनिक मल कारखानाको डिपिआर गर्न सम्झदारी
Spread the love
    

 

बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झदारी भएको छ ।

 

आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री र केयु बीच रसायनिक मलको कारखानाको डिपीआर तयार गर्न सम्झदारी भएको हो । डिपीआर गर्न मन्त्रालयले केयुलाई २० लाख रूपैयाँ यो आर्थिक वर्षमा प्रदान गर्नेछ ।

 

मन्त्रालयले थप ३० लाख रूपैयाँ प्रदान गर्नेछ । केयुले मल कारखानाको क्षमता, लागत, प्रविधि, कारखाना राख्ने ठाउँ सहितको अध्ययन गर्नेछ ।

 

सम्झदारी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, सचिव डाक्टर शरण कुमार पाण्डे लगायतका अधिकारीहरू सहभागी हुनुभएको थियो ।

 

केयुको तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा, वातावरण ईन्जिनियर लक्ष्मण लामा रहनुभएको थियो ।

 

कृषि तथा पशुपंक्षी मन्त्री हुमागाईंले मन्त्री भए लगत्तै नेपालमै रसायनिक मल कारखाना खोल्ने भनाई राख्दै आउनु भएको थियो । मन्त्री हुमागाईकै पहल र समन्वयमा यस अघि मल कारखाना खोल्ने बारे हेटौंडामै छलफल भएको थियो ।

 

केयुसंग आजको सम्झदारीले कृषि मन्त्री हुमागाईंको योजनाले सार्थकता पाएको छ । केयुले एक वर्षभित्र मल कारखानाको बिस्तृत प्रतिवेदन बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बुझाउने हाइड्रोजन ल्याब प्रमुख थापाले बताउनुभयो ।

 

आजै अध्ययन थालनि गर्न सम्झौता पनि गरेको छ । २०८१ सालभित्र अध्ययन पुरा हुनेछ ।

 

Post Views: 18

Spread the love
    

Facebook Comments

Next Post

Gun Control Essays, Web Page 1 Discover Free Essays On Gun Management

Gun Control Essays, Web Page 1 Discover Free Essays On Gun Management

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!