उर्मती एशोसियसन फ्रन्सले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मा रहेको सिर्जनशील जनता माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आज विद्यालयमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी एशोसियसनले विद्यार्थीहरू शैक्षिक सामग्री वितरण गरेको हो ।
उर्मती एशोसियसनका नेपालको कार्यक्रम संयोजक पासाङ डोल्मा लामाका अनुसार २ सय १८ जनालाई आधा आधा दर्जन कापी वितरण गरिएको हो । चारदेखि १२ कक्षासम्मका विद्यार्थीलाई ठूलो साईजको कापी र कक्षा चारदेखि मुनिका विद्यार्थीलाई मिडियम साईजको कापी, कलम र पेन्सील वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख गौतमले शिक्षामा राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँ दलको आधारमा विद्यालयलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
चौरीदेउराली गाउँपालिकाका निर्वतमान उपप्रमुख तारा कुमारी चौलागाईंले ग्रामीण भेगका विद्यालयहरूलाई सामाजिक संघ संस्थाले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै शिक्षा क्षेत्रको सुधार गर्न सकिने बताउनुभयो ।
उर्मती एशोसियसनका नेपालको कार्यक्रम संयोजक पासाङ डोल्मा लामाले बालबालिकाको प्रोत्साहनका लागि शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो ।’यो झट्ट हेर्दा सानो सहयोग जस्तो लाग्छ । तर यसले बालबालिकालाई हौसला मिल्नेछ । हौसला प्रदान गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री प्रदान गरिएको हो । लामाले भन्नुभयो ।’
उर्मती एशाेसियसनका कार्यक्रम संयाेजक लामाले साेही विद्यालयकाे कक्षा ६ का प्रथम दलित तथा जेहेन्दार विद्यार्थी आयुष दुराईली ब्यक्तिगत २ हजार रूपियाँ समेत प्रदान गर्नु भएकाे छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झम्क बहादुर गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजिव लामा समाजसेवी डुप्चन लामा लगायतले भनाइ राख्नुभएकाे थियाे ।
Facebook Comments