काभ्रेको पनौती नगरपालिकाले मालवाहक सवारी साधनलाई भारमापन गर्न निर्देशन दिएको छ ।
भारवाहक सवारी साधन जोखतौलका लागी यस पनौती नगरपालिकाको प्रकयात्मक आधार तथा मालवाहक सवारी साधनको भारवहन नियमन सम्वन्धि निर्देशिका २०७४ (संसोधन सहित ) को व्यबस्था, यातायात व्यवस्था विभागको पत्र र जिल्ला प्रशासन कार्यालयको २०७८ साल फागुन २२ जारी गरेको पत्रलाई आधार मानेर नगरपालिकाले भारमापनमा कडाई गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले संयुक्त जारी गर्दै पनौतीको सडक भएर आवत जावत गर्ने मालवाहक सावारी साधन अनिवार्य भारमापन गराई लोडसिट लिई ढुवानी गर्न गराउन भनिएको छ ।
सूचनामा लेखिएको छ ‘मालवाहक सवारी साधनको भारमापन गर्नुपर्ने प्रावधान अनुरुप भारमापनको अनुगमन र नियमनका लागी यस कार्यालयको प्रकृयात्मक आधार एंव उपरोक्त निर्देशिका बमोजिम स्विकृत तथा अनुमती प्राप्त ग्लोवल मेशिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिले पनौती नगरपालिका वडा नम्बर ५ नैकिन्टारमा स्थापना गरी संचालन गरेको तौलपुलमा सो सडक भएर आवत जावत गर्ने मालवाहक सावारी साधन अनिवार्य भारमापन गराई लोडसिट लिई ढुवानी गर्न गराउन यस कार्यालयको मिति २०७९/३/२ को निर्णय अनुसार सम्वन्धित ब्यबसायी तथा सरोकारवालाहरु को जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।’
Facebook Comments