रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामाले जनताले नयाँपनको अनुभुति गर्ने गरी काम गर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समितिबाट पालिकामा अनुगमनका लागि पुग्नुभएका प्रमुख दिपक गौतम, उपप्रमुख रिम बहादुर तामाङ र समन्वय अधिकारी भिम बहादुर भट्राई सहित सञ्चारकर्मीसंग कुरा गर्दै पालिका अध्यक्ष लामाले रोशीका जनताको इच्छा र भावना अनुसारकै योजना, नीति तथा कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो ।
नयाँ सोच र उर्जाका साथ आफुहरु निर्वाचित भएको भन्दै अध्यक्ष लामाले आफ्नो कार्यकाल सम्झना लायक बनाउने बताउनुभयो । अध्यक्ष लामाले सबैसंग समन्वय गरेरै पालिकालाई नमुना बनाउन सकिने भन्दै सहयोग र समन्वयका लागि सदै तत्पर रहेको बताउनुभयो ।
‘सबैसंगको सहकार्य, अनुभव, छलफलबाटै एउटा नवीनता उत्पन्न हुन्छ । हामी रोशीको जनतालाई नवीनता प्रदान गर्न चाहान्छौं । त्यसमा जिल्ला समन्वय समितिले के, कसरी समन्वय गर्न सक्छ । त्यसको पनि अपेक्षामा गर्छौ । अध्यक्ष लामाले भन्नुभयो ।’
Facebook Comments