Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भौतिक पूर्वाधारमा फड्को मार्दै रोशी गाउँपालिका, जिसस प्रमुख गौतमद्वारा अनुगमन

मिलिजुली खबर by मिलिजुली खबर
६ दिन अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भौतिक पूर्वाधारमा फड्को मार्दै रोशी गाउँपालिका, जिसस प्रमुख गौतमद्वारा अनुगमन
Spread the love
    

 

काभ्रेको रोशी गाउँपालिकाले आफ्नो प्रशासनिक भवनको निर्माणलाई तीब्रता दिएको छ । अहिले दुई वटा भवन निर्माधिन अवस्थामा छन् ।

 

जिल्ला समन्वय समिति काभ्रेको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा निर्माण थलिएको भवन सम्पन्नको अन्तिम चरणमा पुगेको छ । यो भवनमा ८ वटा कोठा रहेका छन । भवनको आज जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले अनुगमन समेत गर्नुभएको छ । अनुगमनका लागि उपप्रमुख रिम बहादुर तामाङ र जिल्ला समन्वय अधिकारी भिम बहादुर भट्राई पुग्नुभएको थियो ।

 

यो भवन यहि असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काम तीब्रगतिमा भैरहेको पालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । यो भवन ५८ लाखमा सम्झौता भएको हो । अनुगमनका लागि पुग्नु भएका जिसस प्रमुख गौतम, उपप्रमुख तामाङ र समन्वय अधिकारी भट्टराईलाई रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइबाले स्वागत गर्नुभएको थियो ।

 

त्यस्तै स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा पक्की भवन निर्माणधिन अवस्थामा छ । यो भवनमा ३७ वटा कोठा रहनेछ । यो भवन २०८१ सालभित्र सकाइसक्ने गरी काम भैरहेको प्रमुख पशासकीय अधिकृत राम बहादुर लामाले जानकारी दिनुभयो । गएको माघ महिनाबाट निर्माण सुरु भएको हो ।

 

रोशी गाउँपालिका वडा नम्बर ७ को कटुञ्जेमा लामा समय भाडाको घरमा बस्दै आएको थियो । अहिले भने आफ्नै जग्गामा सरेको छ । अमलटारमा गाउँपालिका सरेको हो । स्थानीय ६ जनाले १० रोपनी जग्गा दान गरेपछि पालिका अमलटारमा सरेको पालिका प्रमुख लामाले बताउनुभयो ।

Post Views: 20

Spread the love
    

Facebook Comments

Next Post

Selecting Board Site Providers

मुल्यवृद्धि विरुद्ध युवा संघ नेपालले आज थाल ठटाउँदै प्रधानमन्त्री कार्यालय घेराउ गर्ने

मुल्यवृद्धि विरुद्ध युवा संघ नेपालले आज थाल ठटाउँदै प्रधानमन्त्री कार्यालय घेराउ गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!