Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका स्थानीय तह योजना र बजेट बनाउन ब्यस्त, गठबन्धनको असर कति ?

मिलिजुली खबर by मिलिजुली खबर
६ दिन अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित
Spread the love
    

 

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको लागि योजना र बजेट निर्माणमा जुटेका छन । जिल्लाको १३ वटै पालिका योजना र बजेट निर्माणमा ब्यस्त भएका हुन् ।

 

जिल्लाका प्रायः जसो स्थानीय तहका वडाले वस्ती स्तरका योजना तर्जुमा गरिसकेका छन् । पालिकाहरुले वडागत रुपमा पाउने बजेट पठाइसकेका छन् । त्यसैको आधारमा वडा तहमा योजना तर्जुमा भएका हुन् ।

 

प्राथमिकताको आधारमा वस्ती स्तरबाट आएका योजना वडा हुँदै पालिका, प्रदेश र संघ सरकारसम्म पुग्ने छ । असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार जिल्लाका स्थानीय तहहरु नीति, कार्यक्रम तथा बजेट बनाउन लागेका हुन् ।

 

यो पटक जिल्लाको १३ वटै पालिकामा एउटै दलको नेतृत्व छैन् । यो पटक आर्थिक वर्षको अन्तिम अन्तिममा निर्वाचन मार्फत जनप्रतिनिधि आएकाले नीति, कार्यक्रम र बजेटमा दल गत असर त्यत्ति धेरै नपर्ने जानकारहरु बताउँछन ।

 

काभ्रेको बनेपामा प्रमुख कांग्रेस र उपप्रमुख एमालेबाट निर्वाचित हुनुहुन्छ । धुलिखेलमा प्रमुख एमाले र उपप्रमुख कांग्रेस, पनौती नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले, पाँचखालमा कांग्रेसको प्रमुख, एमालेको उप्रमुख, नमोबुद्ध नगरपालिकामा प्रमुख कांग्रेसको, उपप्रमुख माओवादी केन्द्रको र नमोबुद्ध नगरपालिकामा प्रमुख नेकपा (एकीकृत समाजवादी) र उपप्रमुख कांग्रेसबाट निर्वाचित भएका छन ।

 

त्यस्तै भुम्लु, चौरीदेउराली, महाभारत र खानी खोला गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका छन । बेथानचोक, रोशी र तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका छन ।

 

जिल्लाको सबै स्थानीय तहमा फरक फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधि नेतृत्वमा रहेकाले बजेटमा एकल पार्टीको जस्तो सहजता भने हुने छैन् । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिकामा एमाले कांग्रेसको नेतृत्व छ । यहाँ स्वाभाविक रुपमा नीति, कार्यक्रम र बजेट निर्माणमा असर पर्नेछ ।

 

बाँकी पालिकामा भने गठबन्धनको नेतृत्व रहेकाले यसै वर्ष ठूलो मतभेद नहुन सक्छ । तर यो असन्तुष्टि बाहिर देखिने गरी नआएपनि दल गत प्रभाव भने पर्ने छ । धेरै जसो गठबन्धनले जितेको पालिकामा प्रमुख जित्नेको बहुमत छैन् । यसो हुँदा बहुमतको दम्भ पनि प्रकट हुनेछ ।

 

यसअघि एउटै पार्टीबाट निर्वाचित हुँदा उपप्रमुखलाई बजेट निर्माणमा कुनै वास्ता नगर्ने गरेको गुनासो प्रशस्तै सुनिएको थियो । पालिका प्रमुखहरुले बजेट निर्माणमा ठाडो हस्तक्षेप गरेका थुप्रै गुनासो उपप्रमुखहरुबाट आएका थिए । यो पटक फरक दलबाट निर्वाचित भएकाले उपप्रमुख र उपाध्यक्षले आफ्नो अधिकार पूर्ण रुपमा प्रयोग गर्न खोजे भने पनि विवाद आउने सक्ने जानकारहरु बताउँछन ।

Post Views: 22

Spread the love
    

Facebook Comments

Next Post
सार्वजनिक यातायातको भाडामा ७.७ प्रतिशतसम्म वृद्धि

सार्वजनिक यातायातको भाडामा ७.७ प्रतिशतसम्म वृद्धि

काभ्रे जिसस प्रमुख गौतमद्वारा बाढीग्रस्त बीपी राजमार्गको अनुगमन, तत्काल समाधानको उपाय खोजिने

काभ्रे जिसस प्रमुख गौतमद्वारा बाढीग्रस्त बीपी राजमार्गको अनुगमन, तत्काल समाधानको उपाय खोजिने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!