Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपाका मेयर शाक्यले धुलिखेलका मेयर ब्याञ्जुलाई सोधे पानी कहिले आउँछ ?

मिलिजुली खबर by मिलिजुली खबर
२ हप्ता अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बनेपाका मेयर शाक्यले धुलिखेलका मेयर ब्याञ्जुलाई सोधे पानी कहिले आउँछ ?
Spread the love
    

 

काभ्रे जिल्लाको पहिलो नगरपालिकाले दोस्रो नगरपालिका मेयरलाई प्रश्न गरेका छन् । काभ्रे एकीकृत खानेपानीको विषयलाई लिएर बनेपा र धुलिखेल नगरपालिकाका मेयरबीच आइतबार बनेपामा सवाल जवाफ चलेको हो ।

 

उद्योग बाणिज्य संघ काभ्रेले जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम राखेको थियो । कार्यक्रममा लगभग सबै जसो पालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष ढिलो चाँडो उपस्थिति भए ।

 

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुले अन्य ठाउँमा कार्यक्रम छ भन्दै सुरुमै समय मागेर भनाई राख्नु भयो । आफ्नो मन्तब्यको क्रममा मेयर ब्याञ्जुले काभ्रे एकीकृत खानेपानी आयोजना निर्माणसम्पन्नको अन्तिम चरणमा रहेको बताउनुभएको थियो ।

 

काभ्रे जिल्लालाई समृद्ध बनाउन गर्नुपर्ने विभिन्न उपायका लागि उद्योग ब्यवसायीलाई राजनीतिबाट मुक्त हुनुपर्ने बनाइ राख्नुभएका मेयर ब्याञ्जुले खानेपानीको कुरा उठाउने वित्तिकै कार्यक्रममा सहभागि धेरैको ध्यान खिच्यो । मेयर ब्याञ्जुले आयोजनाका ठेकेदारले मुद्दा हालेका कारण काम रोकिएपनि छिट्टै अघि बढ्ने भनाई राख्नुभएको थियो । आफ्नो भनाई राख्ने मेयर ब्याञ्जु कार्यक्रम स्थलबाट हिड्नुभयो ।

 

लगत्तै पोडिएमा आफ्नो भनाई राख्न पुग्नु भएका बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले धुलिखेलका मेयरलाई काभ्रे एकीकृत खानेपानीका विषयमा प्रश्न गर्नुभयो ‘हाम्रो धारामा कहिले आउँछ पानी ?’

 

‘उहाँ यो कार्यक्रम बस्नु भएको भए अझ राम्रो हुने थियो । म सोध्ने पक्षमै थिए । उहाँ जानु भएछ । म विरोध पनि गर्ने थिए । ९७, ९८ प्रतिशत काम सकिएको खानेपानी आयोजनाबाट धारामा पानी किन आउँदैन ? अन्तिम चरणमा पुग्यो भनेको ३÷४ वर्ष भैसक्यो । तर धारामा पाउन आउँदैन । मलाई लाग्यो यसमा कसैको निजी स्वार्थ घुसेको छ ।’

 

धुलिखेल, पनौती र बनेपा नगरपालिकाका स्थानीयलाई शुद्ध खानेपानी पुर्याउन २०१३ देखि सुरू गरिएको काभ्रे एकीकृत खानेपानी योजना अझै सकिएको छैन् । २०१३ जुन १२ तारिखमा सुरू गरिएको आयोजना सन् २०१५ जुन १२ मा सक्ने भनिएको थियो ।

 

तर यतिका बर्ष बितिसक्दा पनि आयोजनाले पानी वितरण गर्न सकेको छैन् । यो खानेपानी आयोजनाको १२ पटक त म्याद नै थपिएको छ । ९६ दशमलब ६० प्रतिशत काम सकिएको बताईएको छ । आयोजना ढिला हुँदै गएपछि एशियाली विकास बैंकले लगानीबाट हात झिकेसकेको छ ।

 

नगर विकास कोषको ३५ प्रतिशत, एशियाली विकास बैंकको २९ प्रतिशत, नेपाल सरकारको २१ प्रतिशत र स्थानीय सहभागिता अन्तर्गत धुलिखेल, पनौती र बनेपा नगरपालिकाको ५/५ प्रतिशत रहने गरी १५ प्रतिशत रहने गरी काभ्रे एकीकृत खानेपानी आयोजना सुरु गरिएको थियो ।

 

खास गरी बनेपामा खानेपानीको समस्या विकराल बन्दै गइरहेको छ । धुलिखेलले पनि खानेपानीको समस्या झेल्दै आएको छ । धुलिखेल नगरपालिका मेयर ब्याञ्जु काभ्रे एकीकृत खानेपानी आयोजनाको बोर्ड अध्यक्ष पनि हुनुहुन्छ ।

 

‘पानीको समस्या कत्तिको हुन्छ भन्ने कुरा सबै थाहा हुनुपर्ने हो । तर यतिका वर्षसम्म किन आयोजना सम्पन्न भएन् । आयोजना सम्पन्न गर्न नै पो नचाहेको हो की ? हामीलाई ठूल ठूला गफ होइन काम चाहिएको छ । मेयर शाक्यले भन्नुभयो ।’

Post Views: 22

Spread the love
    

Facebook Comments

Next Post
बनेपामै फोहोर ब्यवस्थापन गर्न उद्योग खोछौँ–मेयर शाक्य (भिडिओ)

बनेपामै फोहोर ब्यवस्थापन गर्न उद्योग खोछौँ–मेयर शाक्य (भिडिओ)

खोपासी बजारमा यातायात नचलाउन नगरपालिकाको यस्तो आयो सूचना

पनौतीमा भोली सार्वजनिक बिदा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!