जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले अरनिको र बीपी राजमार्गमा प्रेसर हर्न रोक्न निकै मुस्किल रहेको बताउनुभएको छ ।
आज धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित प्रहरी नागरिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै एसपी जोशीले जिल्लामा प्रहरीले १७ सयभन्दा बढी टिपर सहित प्रेसर हर्न प्रयोग गर्ने सवारी साधनको हर्न निकालेपनि ब्यवहारिक नभएको बताउनुभयो ।
‘हामीले मातहातका सबै युनिटलाई परिचालन गरेर प्रेसर हर्न नियन्त्रण गर्ने प्रयास गरेका हौँ । तर हाम्रो सडकका कारण ब्यवहारिक नहुँदो रहेछ । अब अन्य विकल्प खोजि रहेका छौँ ।’
एसपी जोशीले ओभरलोड कटिङ गर्दा पनि प्रहरीले अपजस ब्यहोरेको बताउनुभयो । उहाँले ओभरलोड कटिङ गरेको बालुवा र गिट्टी प्रहरीले बेचेर खाएको ब्यापक गुनासो आएको भन्दै यो हल्ला मात्रै भएको बताउनुभयो ।
‘प्रहरीले बेच्न मिल्दैन । तर बेचेर खायो भन्ने गुनासो आयो । यसमा कुनै सत्यता छैन् । ओभरलोड कटिङ गरेर राख्ने उचित ठाउँ नहुँदा दुर्घटना बढ्ने सम्भवना समेत देखिएको छ । यी सबै कुरालाई मध्यनजर गर्दै प्रहरीले काम गरिरहेको छ । एसपी जोशीले भन्नुभयो ।’
Facebook Comments