Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपाको भोमी अस्पतालले मनायो पहिलो बार्षिक उत्सव

मिलिजुली खबर by मिलिजुली खबर
२ हप्ता अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बनेपाको भोमी अस्पतालले मनायो पहिलो बार्षिक उत्सव
Spread the love
    

 

काभ्रेको बनेपामा रहेको भोमी अस्पतालले पहिलो बार्षिक उत्सव मनाएको छ । आज अस्पतालमा संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा अस्पतालले पहिलो बार्षिक उत्सव मनाएको हो ।

अस्पतालले पहिलो बार्षिक उत्सवको अवसरमा बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री बादेले भोमी अस्पतालले कोभिडको बेला निकै सर्हनीय काम गरेको भन्दै अगामी दिनमा यस्तै उदाहरणीय काम गर्न आग्रह गर्नुभयो ।

 

उहाँले अस्पतालको सेवालाई थप मुजबुद गराउँदै बनेपाली जनतासंगै सिंगो काभ्रेली जनताको स्वास्थ्य सेवामा लाग्न र आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले कोभिडका बेला भोमी अस्पताले पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो । मेयर शाक्यले सेवा प्रवाहलाई अझ विश्वासिलो बनाउन आग्रह गर्नुभयो ।

 

उपप्रमुख बिमला सापकोटाले कोभिडको बेला स्थापित यो अस्पतालले बनेपाली जनताहरुको स्वास्थ्यलाई सुधार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विपदको बेला सहयोग गरेको भन्दै अस्पताललाई नगरपालिकाकै एउटा सम्पत्तिको रुपमा विकास गर्न सहयोग गर्ने बताउनुभयो ।

 

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष चन्द्र खड्काले अस्पताल रहेको वडाका स्थानीय र बनेपा नगरबासीलाई सहुलियतमा उच्च स्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पताललाई समस्या परेको बेला वडासंगै साथमा रहेको भन्दै यसको सेवालाई मजबुद बनाउने क्रममा सहकार्य गर्न तत्परहेको बताउनुभयो ।

 

अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले अस्पतालले एक वर्षकै समयअवधिमा जिल्लाभित्र एक सक्षम अस्पतालको रुपमा प्रमाणित गरेको बताउनुभयो । अगामी दिनमा पनि भरपर्दो र विश्वानिय स्वास्थ्य सेवा प्रदान गर्नेमा कायस्थले विश्वास ब्यक्त गर्नुभयो ।

Post Views: 24

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा प्रेसर हर्न रोक्न सम्भव छ ? (भिडिओ)

काभ्रेमा प्रेसर हर्न रोक्न सम्भव छ ? (भिडिओ)

खराब र चोरलाई पार्टीको कार्यकर्ता भनेर जोगाउनु हुँदैन–मेयर ब्याञ्जु

खराब र चोरलाई पार्टीको कार्यकर्ता भनेर जोगाउनु हुँदैन–मेयर ब्याञ्जु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!