धुलिखेल नगरपालिका वडा नम्बर ६ का विकेश सोजुँ पक्राउ परेका छन ।
धुलिखेलको चोच्छे घर भएका सोजुँलाई नेपाल प्रहरीको साईबर ब्यूरोले पक्राउ गरेको हो । सोजुँले सामाजिक सञ्जालमा पीडित नाबालिका तस्वीर ईडिट गरेर अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाईलाई पठाउने गरेका थिए ।
विद्युतिय कारोबार ऐन २०३६ अन्तर्गतको कसुर गरेकाले सोजुँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साईबर ब्यूरोको टोलीले सोजुँलाई धुलिखेल स्थित घरैबाट पक्राउ गरेको हो ।
Facebook Comments