Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

काभ्रेको पाँचखालमा विश्वकै हानिकार मिचाहा प्रजाति ‘सिंगापुर डेजी’ झार देखियो

मिलिजुली खबर by मिलिजुली खबर
३ हप्ता अगाडि
in खेतबारी, गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेको पाँचखालमा विश्वकै हानिकार मिचाहा प्रजाति ‘सिंगापुर डेजी’ झार देखियो
Spread the love
    

 

काभ्रेको पाँचखाल नगरपालिकमा विश्वकै हानिकार मिचाहा प्रजाति ‘सिंगापुर डेजी’ झार देखा परेको छ ।

 

त्रिभुवन विश्वविद्यालयको वनस्पतीशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनबाट पाँचखालमा ‘सिंगापुर डेजी’ झार पत्ता लागेको हो । वनस्पतीशास्त्रका सहप्राध्यापक भरत बाबु श्रेष्ठका अनुसार यो झार विश्वको एक सय हानिकार मिचाहा प्रजाति मध्येको एक हो ।

 

‘सिंगापुर डेजी’ झारको नेपाली नाम भने अहिलेसम्म जुरेको छैन् । पाँचखालका स्थानीयहरुले यसलाई ‘पहेले’ झार भनेर चिन्ने गरेको सहप्राध्यापक श्रेष्ठले मिलिजुली खबरलाई बताउनुभयो ।

 

यो झार हाल झिगु खोलाको किनार दायाँबायाँ करीब १५ वर्ग किलोमिटर क्षेत्रमा फैलिसकेको छ । ‘सिंगापुर डेजी’ झारले अन्य रैथाने प्रजातीलाई पूर्ण विस्थापन गर्दै लागेको छ । यो झारको पहिचान सन् २०२० मा पाँचखालमा भएको हो ।

 

पाँचखालबाट अन्य ठाउँमा भने फैलिनसकेको सहप्राध्यापक श्रेष्ठले बताउनुभयो । ‘हामीले खोज अध्ययन गर्दै जाने क्रममा पाँचखालमा यो झार फेला परेको हो । यसको बारेमा विस्तृत पत्ता लगाउन हामीलाई एक वर्ष लाग्यो । यो अहिले पाँखालको झिगुखोला आसपासमा मात्रै सीमित छ । यसको तत्काल रोकथाम नगर्ने हो भने अमेरिकन फैजी किराको जस्तै रुप लिन सक्छ । श्रेष्ठले भन्नुभयो ।’

पाँचखालमा कसरी पुग्यो हानिकार ‘सिंगापुर डेजी’ झार
पश्चिमी गोलार्धको उष्ण तथा समशितोष्ण क्षेत्रमा विशेष गरी अमेरीकी महादेको रैथाने प्रजाती सिंगापुर डेजी÷लहरे गोरु आँखे÷लहरे विडेलिया एशिया, अफ्रिका तथा अष्ट्रेलिया लगायतका क्षेत्रहरुको उष्ण तथा समशितोष्ण क्षेत्रहरुमा मिचाहा प्रजातीको रुपमा फैलिसकेको छ ।

 

पाँचखालमा आलंकारिक विरुवाको रुपमा यो प्रजाती विकास साझेदारहरु मार्फत भू–क्षय रोकथामको प्रयोजनको लागि भित्र्याइएको अनुमान अध्ययनमा संलग्न टोलीले गरेको छ ।

 

रोकथामका उपाय
‘सिंगापुर डेजी’ झार पाँचखालबाट अन्य ठाउँमा सर्न नदिन अध्ययनमा संलग्न टोलीले तीन वटा ब्यवस्थापनको उपाय दिएको छ ।
१.तत्काल एकीकृत र समन्वयात्मक पहलकदमी मार्फत यो झारलाई पाँचखाल क्षेत्रबाटै निर्मुल गर्न ।
२.यसलाई जोतेर वा काटेर छाड्दा झन् फैलिन सक्ने भएकाले उखेलेर सावधानी िपूर्वक ब्यवस्थापन गर्न ।
३.आन्तरिक क्वारेन्टाइनको माध्यमबाट यस प्रजातिलाई अन्य स्थानमा विस्तार हुन नदिने ।

Post Views: 30

Spread the love
    

Facebook Comments

Next Post
नमोबुद्ध नगरपालिकाले भन्यो ‘पूर्व डिएसपीले कु प्रचार गरे, भ्रममा नपर्नु’

नमोबुद्ध नगरपालिकाले कार्यपालिका बैठकका निर्णय तत्काल सार्वजनिक गर्ने

दिदी-भाइ सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा भाइको मृ’त्यु, दिदी ग’म्भीर घा’इते

बनेपामा बोलेरोको ठक्करबाट ५ बर्षीय स्कुले बालकको मृत्यु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!