Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखालमा उपप्रमुखको पदभार ग्रहण अनिश्चित, एमालेलाई नैतिक संकट

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
पाँचखालमा उपप्रमुखको पदभार ग्रहण अनिश्चित, एमालेलाई नैतिक संकट
Spread the love
    

 

पाँचखाल नगरपालिकामा उपप्रमुखको पदभार ग्रहण अनिश्चित बनेको छ । नेकपा एमालेबाट उपप्रमुखमा विजयी हुनुभएकी सुर्यमाया दनुवारको पदभार ग्रहण अनिश्चित बनेको हो ।

 

बिहीबार नगरप्रमुखबाट शपथ ग्रहण गर्नुभएकी उपप्रमुख दनुवारले नगरबासीसंग छिटो सम्पर्कमा आउन सक्ने कोठामा आफुलाई नराखेको भन्दै पदभार ग्रहण गर्न मानिरहनुभएको छैन ।

 

नयाँ कोठाको ब्यवस्थापन गर्ने सहमति भएको थियो । तर आजसम्म पनि नयाँ कोठाको ब्यवस्थापन गरिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नयाँ कोठाको ब्यवस्थापन नगरेको मिलिजुली खबरलाई बताउनुभयो ।

 

‘उपप्रमुखका लागि नयाँ कोठा ब्यवस्थापन गरिएको छैन् । आज स्मार्ट सिटी सम्बन्धि गोष्ठीमा नव निर्वाचित उपप्रमुख सहभागि हुनुभएको थियो । हामीले सुरुमा ब्यवस्थापन गरेको कोठामा बस्नु भएको छैन् । प्रमुख प्रशासकीय अधिकृत हुमेगाईले भन्नुभयो ।’

 

शपथ ग्रहणपछि पदभार ग्रहण गर्न जाँदाका प्र्रत्यक्षदर्शिका अनुसार उपप्रमुख दनुवार नगरपालिकाले ब्यवस्थापन गरेकै कोठामा शपथ ग्रहणपछि पदभार ग्रहण गर्न जाँदै हुनुहुन्थ्यो । त्यसै बेला एमाले पाँचखालका केही जिम्मेवार नेताहरुले अनावश्यक बखेडा झिकेर उपप्रमुख दनुवारलाई पदभार ग्रहण गर्न दिएनन ।

 

उपप्रमुख दनुवारको पदभार ग्रहणलाई कोठाको विषयमा विथोल्न जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको मुख्य भुमिका रहेको प्रत्यक्षदर्शि समेत रहेका पत्रकारहरुको भनाई छ ।

 

नगरपालिकाले नयाँ कोठाको ब्यवस्थापन पनि नगर्ने र उपप्रमुख त्यो कोठामा गएर पदभार ग्रहण गर्न पनि नमानेपछि आर्थिक वर्षको अन्तिममा उपप्रमुखले गर्नुपर्ने कयौँ काम धकेलिएका छन भने एमाले नैतिक संकटमा गुज्रिएको छ ।

 

बाहिर नगरबासीमा उचित कोठा नभएकै कारण उपप्रमुखले पदभार ग्रहण नगरेको सन्देश तीब्रगति प्रवाह भैरहेको छ । जुन कुराले एमाले पाँचखाललाई नै थप घाटा पुग्नेछ । नगरप्रमुख महेश खरेलले मिलिजुली खबरसंग कुरा गर्दै आफुमा विभेद गर्ने नियत नभएको स्पष्ट पार्नुभयो ।

 

‘मैले कुनै नियत राखेर उपप्रमुखको कोठा परिवर्तन गर्न लगाएको होइन । यो सिंगो नगरपालिकाको कुरा हो । भवनको डिजाइन हुँदा नै प्रमुख प्रशासकीय अधिकृत भुई तल्लामा, नगरप्रमुख बीचको तल्लामा र उपप्रमुखलाई सबैभन्दा माथिल्लो तल्लामा राख्ने गरी भएको थियो । नगरप्रमुख खरेलले भन्नुभयो ।’

 

नगरप्रमुख खरेललाई मिलिजुली खबरले भवनको डिजाइन अनुसार हो भने यसअघिको उपप्रमुखलाई किन बीचको तल्लामै राख्नु भयो ? भनि प्रश्न सोधेको थियो । जवाफमा नगरप्रमुख खरेलले भन्नुभयो । ‘भवन पुरा नहुँदै हामी सरेका हौँ । माथिल्लो तल्ला निर्माण यता सरिसकेपछि भएको हो । त्यहि भएर पहिलेको उपप्रमुख बीचकै तल्लामा बस्नुभएको हो । माथिल्लो तल्ला उपप्रमुख बस्नकै लागि भनेर त्यहि अनुसारको डिजाइन गरिएको छ । तपाईहरु आएर हेर्न पनि सक्नु हुन्छ ।’

 

नगरप्रमुख खरेलले भने पदभार ग्रहण गरिसक्नुभएको छ । सुरुकै खटपटले अगामी दिनमा समेत काम गराईमा विवाद रहित नहुने पाँचखाल नगरपालिकाका जानकारहरु बताउँछन ।

 

 

Post Views: 330

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर–१० मा वडाध्यक्ष तामाङले थाले टोल स्तरीय योजना छनौटको काम

मण्डनदेउपुर–१० मा वडाध्यक्ष तामाङले थाले टोल स्तरीय योजना छनौटको काम

Help Editing My Essay

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!