Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

मिलिजुली खबर by मिलिजुली खबर
१ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?
Spread the love
    

 

हिजो बनेपामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नगरपालिकाले आयोजना गरेको थियो । त्यो कार्यक्रम एमालेले बहिष्कार गर्यो ।

 

पनौती नगरपालिकामा आज शपथ ग्रहणको कार्यक्रम पनि नगरपालिकाले नै आयोजना गरेको थियो । यो पनि एमालेले बहिष्कार गर्यो ।

 

बनेपा र पनौतीमा उस्तै प्रकृतिको आरोप एमालेले लगाएको छ । विज्ञप्ति लगभग बनेपा नगरपालिकाकै कपिपेष्ट पनौती एमाले नगर कमिटीले गरेको छ ।

 

यी दुबै नगरपालिकामा बैशाख ३० गते सकिएको मतदानबाट नेपाली कांग्रेसका मेयर विजयी भएका छन । उपमेयर दुबै नगरपालिकामा एमालेले जितेको छ । कांग्रेसले एमालेको गड त तोड्यो । तर मेयर जितेपनि बहुमत सदस्य एमालेका विजयी भए ।

 

बनेपा र पनौतीका एमालेले बहुमतको दम्भ प्रष्टैसंग देखाएका छन । त्यो कुरा उनीहरूको विज्ञप्तिमा लेखिएका भाषाले पनि दर्शाउँछ । शपथ ग्रहण कार्यक्रम नगरपालिकाले आयोजना गर्ने हो । पार्टीले होईन ।

 

तर एमालेले यो कुरालाई पार्टीकरण गर्यो । पार्टीले नै शपथ ग्रहण कार्यक्रम आयोजना गरे जसरी बहुमतको नाममा बहिष्कार गर्यो । जुन कुरा आवश्यक थिएन । किन भने शपथ ग्रहणको समय र स्थान नगरपालिकाले तय गर्ने हो । सदस्यहरूलाई जानकारी गराउने काम पनि नगरपालिकाकै हो ।

 

कार्यक्रका बारे फोन गर्दा कुसैलाई अघि, कसैलाई पछि हुनु स्वाभाविक हो । तर जानकारी नै नदिई शपथ कसलाई खुवाउने ? के नगरपालिकाका कर्मचारीले शपथ खाने हो र ? कि यो शपथ पार्टीको हो ? कांग्रेसले खुवाउने शपथ एमालेका सदस्यले किन खाने !

एमाले यी सबै कुराबाट जानकार हुँदा हुदै पनि आफ्नो पक्षमा बहुमत रहेको घमण्ड देखाउन चाहान्छ । किन भने अब आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउँदैछ । एमाले नगरप्रमुखलाई सहज ढंगले नगरपालिका सञ्चालन गर्न दिने पक्षमा छैन । यही सन्देश शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेर दिन खोज्दैछ ।

 

अर्थात संवैधानिक हार ब्यहोर्न एमालेले तयार छैन । संख्या देखाएरै कांग्रेसलाई तर्साउने रणनीति एमालेले अंगालेको पाइएको छ । अघिल्लो पटक पनौतीको १२ वटा वडा मध्य ६/६ वटामा एमाले-कांग्रेस विजयी भएका थिए ।

 

नगरसभामा कांग्रेसले विरोध जनाउँदै आईरहेको थियो । अघिल्लो पटक कांग्रेसले गरेको काम एमालेले शपथ ग्रहण कार्यक्रमबाटै सुरू गरेको छ । अर्थात् जनताले चुनेर पठाएका अन्य दलका जनप्रतिनिधिलाई नस्वीकार्ने पक्षमा एमालेको दुई पालिकाको गतिविधिले देखाउँछ ।

 

Post Views: 51

Spread the love
    

Facebook Comments

Next Post
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

The right way to Run The ISO Audit With a Data Room

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!