Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

केयु र ईप्पानबीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
केयु र ईप्पानबीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता
Spread the love
    

 

काभ्रेको धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालय र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) बीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

 

राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा केयु र ईप्पानबीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो । तेस्रो संस्करणको हिमालयन हाईड्रो एक्सपो २०२२ को अवसर पारेर दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतामा ग्रीन हाईड्रोजनबाट कार्बन उत्सर्जन घटाउने र देशमै इलेक्ट्रोमेकानिकल कम्पोनेन्टहरुको डिजाइन, मर्मत सम्भार गर्ने सेन्टरको स्थापना गर्ने विषय उल्लेख छ ।

 

सम्झौता पत्रमा काठमाण्डौ विद्यालयलयको तर्फबाट स्कुल अफ इन्जिनियरिंगका डीन प्राध्यापक डाक्टर मनिष पोखरेल र ईप्पानका अध्यक्ष कृष्ण आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

 

सम्झौता हस्ताक्षर कार्यक्रममा केयुको तर्फबाट टर्वाइन टेष्टिङका फ्याकल्टि इन्चार्ज डाक्टर शैलेश चित्रकार, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र इन्जियिर लक्ष्मण लामा सहभागि हुनुहुन्थ्यो ।

हाइड्रोजन निकाल्नका लागि यो सम्झौता कोसेढुंगा सावित हुने केयुका ग्रीन हाइड्रोजन ल्याब इन्चार्ज प्राध्यापक डाक्टर विराज सिं थापाले बताउनुभयो । डाक्टर थापाले यो सम्झौता निकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यूत उत्पादन गर्ने संस्थासंगै भएको सम्झौताले ठूलो अर्थ राख्ने उहाँको भनाई छ ।

 

‘हाइड्रोजन उत्पादनका लागि विद्यूत आवश्यक पर्छ । विद्यूत उत्पादन गरिरहेको नीजि क्षेत्रसंगको सम्झौताले हाइड्रोजनका बारे थप अध्ययन, अनुसन्धान र उत्पादन गर्न हौसला मिल्नेको छ । सरकारले कानुन, नीति र नियम बनाइदिने हो । नीजि क्षेत्रले नै हो उत्पादन गर्ने र बिक्री गर्ने । त्यहि भएर यो सम्झौताले हाइड्रोजन उत्पादन र बिक्री वितरणका लागि समेत निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ । डाक्टर थापाले मिलिजुली खबरसंग भन्नुभयो ।’

 

केयुका टर्वाइन टेष्टिङका फ्याकल्टि इन्चार्ज डाक्टर शैलेश चित्रकारले यो सम्झौतापछि नेपालका जलविद्यूत आयोजनाहरुको टर्वाइनमा देखा पर्ने समस्या समाधान गर्नका लागि थप मद्दत पुग्ने बताउनुभयो ।

 

‘बालुवाका कारण नेपालका खास गरी पुरानो जलविद्यूत आयोजनाका टर्वाइनहरु समय अगाबै खिइ रहेका छन् । जसका कारण छिटो छिटो समयमै मर्मतसम्भार गर्नु परेको छ । तर हामीले नियमति यी आयोजनामा प्रयोग भएका मेसिन जाँच गर्ने हो भने समस्या कम आउँछ । त्यसो गर्दा आयोजनालाई खर्चभार पनि कम हुन्छ । पुृरानो पावर हाउसहरुमा नयाँ प्राविधि जडान गरेर खिया लाग्ने समस्याबाट जोगाउने यो सम्झौताको मुख्य उद्देश्य हो । डाक्टर चित्रकारले भन्नुभयो ।’

केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले जलविद्यूत र हरित हाइड्रोजनको उत्पादन गर्दै आद्यौगिकरणको माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउँदै उर्जामा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो ।

 

Post Views: 368

Spread the love
    

Facebook Comments

Next Post
सिन्धुपाल्चोकमा कांग्रेस नेता बस्नेत दाजुभाईको दोहोरो चरित्र 

सिन्धुपाल्चोकमा कांग्रेस नेता बस्नेत दाजुभाईको दोहोरो चरित्र 

यस्ता छन् धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष उम्मेदवार खोजुको प्रतिबद्धता

यस्ता छन् धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष उम्मेदवार खोजुको प्रतिबद्धता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!