Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

Your name by Your name
२ बर्ष अगाडि
in समाचार
राप्तीमा पहिलो महिला क्‍वारेन्टिन
Spread the love
    

चितवन । जिल्लामा पहिलोपटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्‍वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्‍वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्‍वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० शय्याको महिलामैत्री क्‍वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० शय्याको क्‍वारेन्टिनको व्यवस्था भए पनि ५० शय्या पुर्‍याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्‍वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्‍वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्‍वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्‍वारेन्टिनमा राखिने उनले बताए ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्‍वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ । नुहाउने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्‍न भएको छ । आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उनले जानकारी दिए । मर्मत-सम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागे स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो । एउटा कोठामा १० वटा शय्या राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिरामी थप भए राख्‍नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताए ।

अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिनेछ । सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो । तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्‍न सकिने बताए । हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित छन् । अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता छ । त्यसमध्ये १० शय्या सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्‍गले राखिएको छ । -रासस

Post Views: 147

Spread the love
    

Facebook Comments

Next Post
ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!