काभ्रे एमालेका प्रायः कार्यकर्ताको ‘मुड’ देख्दा सबैको स्वतन्त्रता पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको खल्तीमा छ ।
कतिपय कार्यकर्ताको ब्यवहार देख्दा लाग्दा उनीहरू विहिन उठे देखि नसुत्दासम्मका सबै कर्म बाँस्कोटालाई नसोधि गर्नै सक्दैनन् । अर्थात् बाँस्कोटाको आदेश बेगर केही गर्न मिल्दैन ।
हुन पनि हो बाँस्कोटाले धेरैलाई पद बाँडेका छन् । एउटा वटामा कम्तिमा आधा दर्जनलाई आगामी निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बाँस्कोटाले दिएका कयौँ पात्राहरू छ्याप्छ्याप्ती भेटिन्छन् । यसले गर्दा पनि उनीहरू बाँस्कोटाले जति नै अराजनीतिक काम गरेपनि बोल्न सक्दैनन् ।
जिल्ला अधिवेशनमा पनि यस्तै दृश्य देखिएको छ । भित्रभित्रै छलफल चलेपनि अध्यक्ष, उपाध्यक्ष, सचिब, उपसचिब र जिल्ला कमिटी सदस्य बन्न चाहिँनेहरू मुख खोल्न सकिरहेका छैनन् । अर्थात् बाँस्कोटाले कमिटीमा राखे बस्ने नराखे प्रतिउत्तर नगर्ने सोचमा धेरै देखिन्छ ।
बुधबार जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलनमा पनि यस्तै देखियो । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ, सचिब नारायण पाण्डे र उपसचिब इन्द्र तामाङ हुनुहुन्थ्यो ।
तीनै जनालाई भावी नेतृत्वका बारे सोधिएको प्रश्नमा इन्द्र तामाङ बाहेक अरूले कुनै जवाफ नै दिएनन् । इन्द्र तामाङले पनि आफ्नो आवश्यकता एमाले पदाधिकारीमा छ भनेर किटानका साथ दाबी गर्न सक्नु भएन । बरू नेतृत्वले जे भन्छ त्यहि मान्न तयार रहेको प्रष्टीकरण दिनुभयो ।
तामाङले निर्वाचनमा जानु नै मात्रै लोकतान्त्रिक पद्धति नभएको र सर्वसम्मत नेतृत्व चयन गर्नु पनि लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । अधिकांश कार्यकर्ताले बाँस्कोटा भरोसा देखेका छन् ।
Facebook Comments