धुलिखेलको रंगशालामा एमाले ३० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
पुस २३ गते एमाले काभ्रेले १० औँ जिल्ला अधिवेशनमा कम्तिमा ३० हजार कार्यकर्ता उतार्न लागेको हो । ४७ लाख रुपैयाँ खर्च अधिवेशनमा ३० हजार कार्यकर्ता रंगशाला भेला हुने र पार्टी फुटको असर नपरेको सन्देश दिने अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनमा पदेन, भूगोल, पालिका कमिटी, जनसंगठन र मनोनित गरि करिब १ हजार ३ सय ५० जना प्रतिनिधि छानिएका छन् । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने छ । जसमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, सचिब एक जना, उपसचिब दुई जना गरी ५ जना पदाधिकारी रहनेछन् ।
एमाले काभ्रेको २२ हजार भन्दा बढी संगठीत सदस्य छन् । त्यसमा शुभचिन्तक, शुभेच्छुक, अतिथी गर्दा ३० हजार सहभागि हुने अध्यक्ष ब्याञ्जुको भनाई छ । संगठीत सदस्यमा एमाले काभ्रे देशभरमा दोस्रो र बागमती प्रदेशका १३ जिल्लामा पहिलो हो । एमालेले अधिवेशनको निम्तो घर घरमा, टोल टोलमा पुगेर बाढी रहेको छ ।
अधिवेशनले एमाले काभ्रेको भावी नेतृत्व चयन गर्नुका साथै जिल्लाको विकास र समृद्धिमा एमालेले खेलेको भुमिकाको समीक्षा हुनेछ । त्यस्तै भविष्यको नयाँ खाका कोर्ने उपसमिति संयोजक तामाङले जानकारी दिनुभयो । एमालेले आगामी तीन वटै निर्वाचनमा सबै उम्मेदवारलाई निर्वाचित गराउने योजना समेत निर्माण गर्ने अध्यक्ष ब्याञ्जुले भन्नुभयो ।
‘एमाले फुटेको छ । देशैभर यसको केहि न केहि असर परेकै छ । हामी यो जिल्ला अधिवेशनबाट काभ्रे जिल्लामा पार्टी फुटको कुनै पनि असर परेको छैन भन्ने सन्देश आम काभ्रेली जनाता माज दिन खोजिरहेका छौँ । यो केबल नेतृत्व छान्नका लागि मात्रै अधिवेशन हुनेछैन् एमाले काभ्रेको एजेण्डा समेत गाउँ गाउँ पुर्याउने एउटा उत्सवका रुपमा हामीले लिएका छौँ । अध्यक्ष ब्याञ्जुले भन्नुभयो ।’
Facebook Comments