Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?
Spread the love
    

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका लागि रस्साकस्सी निकै बढेको छ ।

 

अहिलेसम्म अध्यक्षको दाबी गरेका भनिएका मध्ये एक जनाले पनि उम्मेदवारी चाँहि घोषणा गर्न सकेका छैनन् । भित्रभित्रै उनीहरुले तयारी गरिरहेका छन् ।

 

अध्यक्षको दौडमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ, भिम न्यौपाने, नारायण पाण्डे, चन्द्र लामा र कञ्चन अधिकारी देखिएका छन् । यस मध्ये ब्याञ्जु बाहेक अधिकांशले बाँस्कोटालाई घुर्कि लगाउन र पदाधिकारीमा आफुलाई सुरक्षित राख्न अध्यक्षको कार्ड फालेको बताइन्छ ।

 

ब्याञ्जु यसअघि ९ औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी समेत ब्याञ्जुले नै सम्हालिरहनुभएको छ । प्रदेश र केन्द्रीय कमिटीमा समेत कुनै स्पेस नपाएपछि स्वतः जिल्ला पार्टी अध्यक्ष हुन पाउनुपर्ने अडान ब्याञ्जुको देखिन्छ ।

 

तर ब्याञ्जुलाई बाँस्कोटाले चाहेजति ‘कम्फटेबल’ नसम्झिएको स्रोतको दाबी छ । उसो त अध्यक्षको दाबी गर्ने अन्य ४ जनाले पनि आफ्नो स्पष्ट धारणा सहित अधिवेशन प्रतिनिधि माज उपस्थिति जनाइसकेका छैनन् ।

 

कतिपय एमाले निकटस्थहरु ब्याञ्जुलाई बाँस्कोटाले आफ्नो प्रतिद्धन्द्धीका रुपमा समेत हेर्ने गरेको दाबी गर्छन् । ब्याञ्जुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि पछिल्लो कालमा निकै बढेको छ । ब्याञ्जुले चाहे भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बाँस्कोटाको माध्यम प्रयोग नगरिकनै पनि भेट्न सक्ने स्थिति निर्माण भइसकेको छ ।

 

बाँस्कोटा यो मामिलामा निकै सिपालु छन् । आफुभन्दा माथि अन्य कसैलाई पनि सहजै रुपमा जना नदिने उनको पुरानै बानी हो । तर पनि ब्याञ्जुको विकल्प भने अहिलेसम्म निकै कमको मात्रै देखिएको छ ।

 

बन्दसत्रको हलसम्म लगभग ब्याञ्जु अध्यक्षको सुरक्षित मानिनुभएको छ । त्यसपछि माहोल बिग्रिएन भने सम्भवतः बाँस्कोटाको कम सूची हुँदा हुँदै पनि ब्याञ्जु अध्यक्ष बन्नु हुनेछ । ब्याञ्जुलाई पनि बाध्यता देखिन्छ । माहोल बिग्रियो भने कि उपाध्यक्षमै दोहोरिनु पर्छ कि त राजनीतिको कार्यकारी भुमिकाबाट पछि हट्नु पर्छ ।

 

तर ब्याञ्जु यी दुबै विकल्पमा जान चाहादैनन् । बाँस्कोटाले पूरापुर विश्वास गर्ने अवस्था आएन भने ब्याञ्जुले अन्य केन्द्रीय अन्य नेताहरुको समेत साहारा प्रयोग गर्ने देखिन्छ । भिम न्यौपाने र नारायण पाण्डे पार्टी काममा खासै नजाने गरेको रिर्पोटिङ बाँस्कोटा बृत्तमा छ ।

 

कञ्चन अधिकारीलाइ बाँस्कोटाको निकै विश्वाससिलो पात्रोको रुपमा हेरिन्छ । तर पनि बाँस्कोटाले यति सजिलै जिल्ला अध्यक्ष जस्तो अति महत्वपूर्ण पदको जिम्मेवारी अधिकारीलाई यसै पालि सुम्पिन्छन् भन्नेमा चाँहि शंका गर्ने धेरै छन् ।

 

चन्द्र लामापनि बाँस्कोटाले रुचाएको ब्यक्तिभित्र पर्दैनन् । गएको निर्वाचनमा लामाले प्रदेश सभाको लागि टिकट ल्याउँदा देखिनै बाँस्कोटा रुष्ट बनेको स्रोतको दाबी छ । राजनीतिमा औपचारिक तथा अपनौचारिक कार्यक्रममा देखिने हार्दिकता पार्टी जीवनभित्र नदिएको थ्रुपै उदाहरण देखिएको छ ।

Post Views: 196

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?

एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?

पाँचखालको गेटमा ओली राजनेता, ‘सूर्य’ चिन्ह ओझेलमा !

पाँचखालको गेटमा ओली राजनेता, ‘सूर्य’ चिन्ह ओझेलमा !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!