नेकपा (एकीकृत समाजवादी) काभ्रेले एकैदिन जिल्लाको तीन वटा शैक्षिक संस्थामा अनेरास्ववियु गठन गरेको छ । बनेपा पोलिटेक्निकमा अध्यक्ष दीप खत्री र नविना न्यौपाने सचिब रहेको ३१ सदस्यीय अनेरास्ववियु कमिटी गठन गरेको हो ।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ मा रहेको डेडीथुम्का माध्यामिक विद्यालयमा नेकपा (एकीकृत समाजवादी) को अनेरास्ववियु कमिटी गठन गरिएको जिल्ला अध्यक्ष बदन भण्डारीले जानकारी दिनुभयो ।
डेडीथुम्कामा रोजिना मल्ल ठकुरी अध्यक्ष र प्रविन परियार सचिब रहेको ३१ सदस्यीय विद्यार्थी संगठन निर्माण गरिएको छ ।
भुम्लु गाउँपालिकाको वडा नम्बर ८ मा रहेको दुलालेश्वर माध्यमिक विद्यालयमा अनेरास्ववियुको कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा दीपशिखा बुढाथोकी र सचिबमा विक्रम सहानी रहनुभएको छ ।
तीन वटै कार्यक्रमको प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह हुनुहुन्थ्यो । दुलालेश्वरको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भुम्लु गाउँपालिका कमिटी ईन्चार्ज सुरेश कक्षपति, पालिका कमिटी सदस्य अर्जुन चौलागाईं, अनेरास्ववियु काभ्रेका अध्यक्ष बदन भण्डारी, अनेरास्ववियु केन्द्रीय सचिवालय जयराम सापकोटा र अभिचल पौडेल, अनेरास्ववियु काभ्रेका सचिब अमित न्यौपाने, अनेरास्ववियु मण्डनदेउपुर नगर कमिटी ईन्चार्ज प्रदिप न्यौपाने, अनेरास्ववियु जिल्ला कमिटी सदस्य विशाल सापकोटा र प्रविन पौडेल रहनुभएको छ ।
Facebook Comments