नेकपा (एकीकृत समाजवादी) काभ्रेला नमोबुद्ध नगरपालिका वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको भएको भेलाले रामहरी दाहालकाे अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको नगर कमिटी सहसचिब कमल कुइंकेलले जानकारी दिनुभयो ।
वडा कमिटीका उपाध्यक्षमा नारायण तिवारी, सचिबमा चन्द्र लामा, उपसचिबमा चन्द्रजित लामा रहनुभएको छ ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम, प्रदेश कमिटी सदस्य ईश्वरी पौडेल, नगर ईन्चार्ज कृष्ण बहादुर तामाङ, अध्यक्ष पुष्कर तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, अनेमसंघका केन्द्रीय सदस्य जानुका पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments