Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रे जिल्ला अधिवेशनः राष्ट्रिय महाधिवेशनको पुरापुर नक्कल

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमाले काभ्रे जिल्ला अधिवेशनः राष्ट्रिय महाधिवेशनको पुरापुर नक्कल
Spread the love
    

 

एमाले काभ्रेका नेताहरु पुस २३ गते हुने १० औँ जिल्ला अधिवेशनमा केन्द्रित भएका छन् ।

 

विभिन्न छलफल, भेला, सभा, सम्मेलन गरेर उनीहरुले अधिवेशनको महोल बनाइरहेका छन् । यो पटक एमाले काभ्रेले महाधिवेशनको सतप्रतिशत नक्कल गर्न खोजेको देखिन्छ ।

 

एक महिना अघि चितवनमा सकिएको १० औँ राष्ट्रिय महाधिवेशनको जस्तै तडकभडक एमाले काभ्रेले गरिरहेको छ । धुलिखेलमा एमालेले एकैदिन कम्तीमा ८ वटा बैठक राखेको छ ।

 

जहाँ पार्टीको भ्रातृ संगठनसँगै क्षेत्रीय होटल संघ, धुलिखेल प्याब्सन, धुलिखेल उद्योग वाणिज्य संघ जस्तो ब्यवसायी संघ संगठनसँग समेत बैठक गरेको छ । ब्यवसायीहरुसँगको छलफलमा एमालेले जिल्ला अधिवेशनका लागि सहयोग मागेको छ ।

 

एमाले काभ्रेले अधिवेशनका अधिकांश गतिविधि चितवनको अपनाएको छ । प्राज्ञिक ब्यक्तिहरुलाई शुभकामना दिन लगाएको छ । अधिवेशनको प्रचार सामग्री समेत चितवनकै फोटो कपी छ ।

 

डिजिटल भोटिङ मेसिनको प्रयोग गर्दै छ । अधिवेशन प्रतिनिधिहरुलाई क्यूआर कोडको ब्यवस्था गर्दैछ । विभिन्न उपसमितिहरुले अधिवेशन नजिकिदैँ गर्दा निकै मेहेनत गरिरहेका छन् ।

 

जिल्ला अधिवेशनका उदघाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने भएकाले पनि यो तामझाम गरेको बताइन्छ । त्यस्तै बागमती प्रदेशका १३ जिल्ला मध्ये पहिलो र देशभरमै संगठीत सदस्य भएको दोस्रो जिल्लाका रुपमा पनि एमाले काभ्रेले तडकभडक गरेको देखिन्छ ।

 

त्यसमाथि गोकुल बाँस्कोटाले एमाले फुटको कुनै प्रभाव काभ्रे जिल्लामा नपरेको केपी ओली सामु देखाउन पनि यी सारा तामझाम गर्न निर्देशन दिएको बताइएको छ । तर एमालेमा रहँदा फ्रण्ड लाइनमा रहेका अधिकांश नेताहरु नेकपा (एकीकृत समाजवादी) मा छन् ।

 

ओली आउने भनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरु धुलिखेल केन्द्रित हुनेछ । बाँस्कोटा आफुलाई ७० करोडको काण्ड लाग्दा पनि काभ्रेली जनताको भरपुर साथ छ भनेर मिडिया मार्फत देखाउन चाहान्छन् । ५० हजारको हाराहारी कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक धुलिखेलको रंगशालामा उतार्ने एमालेले जनाएको छ । पोलिटब्युरो सदस्यमा समेत रहनुभएका बाँस्कोटा एमाले काभ्रे जिल्ला इन्जार्च पनि हुनुहुन्छ ।

 

पूर्व सांसद शिव बहादुर देउजा, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा, एमालेको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष टोक बहादुर वाइबा, मुकुन्द गौतम, बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई लगायतका अनुभवी नेताहरु नेकपा (एकीकृत समाजवादी) मा छन् ।

 

काभ्रेको अधिकांश पालिकामा एमालेलाई नेकपा (एकीकृत समाजवादी) ले चुनौती दिइरहेको छ । त्यसका बाबजुद पनि गोकुल बाँस्कोटाले आफ्नो शक्ति प्रर्दशनका रुपमा पुस २३ गते धुलिखेलमा हुने १० औँ जिल्ला अधिवेशनलाई लिइएको छ ।

 

Post Views: 439

Spread the love
    

Facebook Comments

Next Post
जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

बनेपाका खेलाडी निखिलले बढाए देशको शान

बनेपाका खेलाडी निखिलले बढाए देशको शान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!