राष्ट्रिय युवा संघ नेपाल धुलिखेल एब अनेरास्ववियु धुलिखेल नगर कमिटीले पार्टीको १० औँ जिल्ला अधिवेशनमा सबै ध्यान केन्द्रीत गर्ने निर्णय गरेको छ ।
युवा र विद्यार्थीको आज बसेको बैठकले तीन ४ बुँदे निर्णय समेत गरेको छ । बैठकले धुलिखेल नगरपालिका वडा नम्बर १ देखि १२ सम्मका वडाबाट ५/५जना गरि राष्ट्रिय युवा संघका ६० र अनेरास्ववियु नगर कमिटीबाट २० गरि ८० जनाको स्वयमसेबक टोलि तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै स्वयमसेबक टोलि अधिबेशन तयारीका लागि पुस २० गते देखि परिचालन गर्ने, राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको स्वागत गेट र स्वागत ब्यानरहरु मुख्य नाकाहरुमा राख्ने निर्णय गरेको छ ।
बैठकले स्वयमसेबक परिचालनका लागि आवश्यक प्रचार सामग्रीहरुका लागि नगर एबं जिल्लासंग समन्वय गर्ने निर्णय गरेको छ ।
Facebook Comments