Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरपालिकाको कामः पोखरी मासेर पार्क, पार्क मासेर फिटनेस सेन्टर, स्थानीय रुष्ट

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
धुलिखेल नगरपालिकाको कामः पोखरी मासेर पार्क, पार्क मासेर फिटनेस सेन्टर, स्थानीय रुष्ट
Spread the love
    

 

पुरानो ताल, पोखरी, धारा, कुवा जस्ता लोप हुँदै गएका संरक्षण गर्ने सबैको दायित्व हो । अझ राज्यले त यस्ता पुरानो संरचनाहरूलाई विशेष चासो दिएर संरक्षण गर्नु पर्ने हुन्छ ।

 

तर काभ्रे धुलिखेल नगरपालिकामा केही त्यस्ता काम भएका छन् । जहाँ पुराना संरचना मासेर आधुनिकताको नाममा नयाँ संरचना बनाइएको छ । यसको पछिल्लो एउटा उदाहरण हो वडा नम्बर ७ पिपलबोटको फिटनेस सेन्टर ।

 

नगरपालिकाले पार्क बनाएको ठाउँमा कमल पोखरी थियो । स्थानीयले लामो समयसम्म यहि पोखरी उपभोग गरे । पछिल्लो समय पोखरी पुरियो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि पुरिएको पोखरी उत्खनन् हुन्छ भन्ने धेरैले आश गरेका थिए ।

 

तर नगरले पोखरी उत्खनन् गर्नुको सट्टा कङक्रिट थुपारेर पार्क बनाइदियो । पोखरीको अस्तित्व नै नामेट भयो । पार्कको बीच भागमा स्थानीयको आँखा छल्ने गरी नगरपालिकाले कृत्रिम पोखरी बनायो । कमलको फूल पनि राख्यो ।

 

तर त्यो धेरै दिन टिक्न सकेन । पार्कमा खेल्न जाँदा पोखरीमा बालबालिका असुरक्षित हुने भन्दै पछि कृत्रिम पोखरी नगरपालिकाले नै पुर्यो । पार्क निर्माण हुँदासम्म पनि स्थानीयले सहेकै थिए । तर पार्क नै विगार्ने गरी नगरपालिकाले फिटनेस सेन्टर बनाउन अनुमति दिएपछि भने स्थानीयहरूले असन्तुष्टि जनाएका छन् ।

 

पिपलबोटमा फिटनेस सेन्टर नेपाली युथ फिट्नेस एण्ड केलिस्थेनिक्स नामक संस्थाले निर्माण गरेको हो । यो संस्थाले ‘मन्दिर परियोजना’ अन्तर्गत फिटनेस सेन्टर निर्माण गरेको जनाईएको छ । यसलाई केलिस्थेनिक्स पार्क अर्थात् ‘खुल्ला व्यायम स्थल’ नाम दिईएको छ ।

 

पार्क बिगारेर निर्माण गरिएको ‘खुल्ला व्यायम स्थल’ को उदघाटन नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र वडा नम्बर ७ का वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, धुलिखेल अस्पतालका प्रतिनिधि तथा प्राज्ञिक ब्यक्तिहरूको उपस्थितमा धुमधामका साथ गर्नुभएको थियो ।

 

यो संस्थाले देशैभर व्यायमका यस्तै संरचनाहरु बनाउने अभियान सुरू गरेको छ । यो संरचना निर्माणमा जिल्ला प्र हरी कार्यालय काभ्रे र धुलिखेल अस्पतालले आर्थिक सहयोग गरेका छन् ।

 

कमलपोखरी आसपासका स्थानीयले पार्क र पोखरी नै मासेर फिटनेस सेन्टर निर्माण गरेको प्रति तीब्र असन्तुष्टि जनाएका छन् । उनीहरूले पुर्ख्यौली पोखरी उत्खनन् नगरेर फिटनेस सेन्टर बनाएको प्रति नगरपालिकाको आलोचना गरेका हुन् ।

 

कार्यक्रममा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आफ्नो नगरलाई व्यायम मैत्री र स्वस्थ नगरको रुपमा स्थापित गर्न सहयोग गरेको भन्दै फिटनेस सेन्टर निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै धुलिखेल नगरका अन्य तिनवटा स्थानहरुमा पनि केलिस्थेनिक्स पार्क निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

 

‘फिटनेस सेन्टर निर्माण गर्नै हुँदैन भनेको कदापी होईन । तर पुरानो संरचना मासेर, कङक्रिट थुपारे मात्रै स्वस्थ सहर कसरी हुन्छ ? नगरपालिकाले त कमल पोखरी उत्खनन् गर्नु पर्थ्यो नि । पुरानो पोखरी पुर्ने । अनि नयाँ संरचना बनाउँदैमा विकास भयो भन्न सुहाउँछ ? नाम उल्लेख नगर्ने सर्तमा अड्डा बजारका एक स्थानीयले मिलिजुली खबरसंग भने ।’

 

Post Views: 453

Spread the love
    

Facebook Comments

Next Post
तेमालका रोहित प क्राउ

तेमालका रोहित प क्राउ

एमाले काभ्रे अधिवेशनः धुलिखेलमा युवा र विद्यार्थीले गरे यस्तो निर्णय

एमाले काभ्रे अधिवेशनः धुलिखेलमा युवा र विद्यार्थीले गरे यस्तो निर्णय

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!