Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, शिक्षा, समाचार, समाज
धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन
Spread the love
    

 

धुलिखेल जवाफदेही निगरानी समूहले धुलिखेल नगरपालिकाको वडा नम्बर २ मा रहेको सेतीदेवी माध्यामिक विद्यालयको निर्माणधिन भवनको अनुगमन गरेको छ ।

 

उपप्रमुख बिमला शर्मा चौलागाईको नेतृत्वमा गएको निगरानी समूहले विद्यालय भवनको अनुगमन गरेको सामुदायिक सारथीका सामाजिक परिचालक सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

 

अनुगमन टोलीमा सामुदायिक सारथीका काभ्रे संयोजक भेषबहादुर दनुवार, धुलिखेल जवाफदेही निगरानी समूहका अध्यक्ष सुबिना मानन्धर, उपाध्यक्ष दया लक्ष्मी श्रेष्ठ, सचिब प्रभुराम धिताल, सदस्य सुनिल हुमागाई, सामाजिक परिचालक सरस्वती श्रेष्ठ लगायत सहभागि हुनुहुन्थ्यो ।

 

निगरानी समूहको अनुगमन टोलीले वडाध्यक्ष देवप्रसाद कोइराला, शिक्षक विद्यार्थी अभिभाक संघका अध्यक्ष उद्वव प्रसाद चौलागाई, प्रनाध्यापक धन बहादुर विष्ट, निर्माण कम्पनीका प्रतिनिधिसँग आवश्यक छलफल समेत गरेको छ ।

 

यो विद्यालय भवन भ्याट शुल्क बाहेक ६ करोड ६ लाख १९ हजार ३३२ रुपैयाँमा निर्माण भइरहेको छ । जसमा नेपाल सरकारको १७.६, बैदेशिक ऋण ७४.९० र बैदेशिक सहायता ७.५० प्रतिशत लगानी रहेको छ ।

 

२०७६ साल चैत १० गते ठेक्केदार कम्पनी खानी निर्माण सेवासँग विद्यालय भवन निर्माण परियोजना सम्झौता भएको थियो । भवन यहि माघ १ गते सकाउनु पर्ने सम्झौतामा उल्लेख छ । तर काम अझै सकिएको छैन् । आयोजनाका इन्जिनियर दुर्गा लामाले भवनको ९९ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

 

नयाँ विद्यालय भवनमा २२ वटा कोठाको रहेका छन् । कोभिडको कारण काममा केही ढिलाई भएको इन्जिनियर लामाले निगरानी समूहको अनुगमन टोलीलाई बताउनुभयो ।

 

प्रधानाध्यापक धन बहादुर बिष्टले नयाँ भवन बनेपनि अझै एउटै कम्पाउण्डभित्रको कक्षा कोठामा सबै बालबालिकालाई राखेर पढाउन मुस्किल रहेको बताउनुभयो । २०१९ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि ४२५ जना विद्यार्थी अध्ययनरत छन् । इसिडीदेखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।

 

विद्यालयको तल्लो भागमा अपाङ्ग मैत्री संरचना छ । त्यस्तै बालमैत्री संरचना छन् । कम्प्युटर र साईन्सन ल्याप राख्ने गरी कक्षा कोठा निर्माण गरिएको छ । वडाध्यक्ष देव प्रसाद कोईरालाले विद्यालय भवन निर्माणका लागि वडा कार्यालयले पनि समस्या परेको बेला सहजीकरण गर्दै आएको जानकारी दिनुभयो ।

 

उपप्रमुख बिमला शर्मा चौलागाईले पारदर्शी र जवाफदेही हुन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । वडामा हुने सबै विकास निर्माणका काममा स्थानीयले चासो राख्नु पर्ने उपप्रमुख शर्माको भनाई थियो । उहाँले विद्यालयको भित्री भागसमेत हेरेर माथिल्लो कक्षाहरुमा जान अपाङ्गता भएका बालबालिकालाई अप्ठ्यारो रहेको भन्दै सहजताका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिनुभयो ।

 

निगरानी समूहको अनुगमन टोलीले आयोजनाका सूचना पाटी सबैले देख्ने गरी राख्न, सार्वजनिक सुनुवाई गर्न, बालबालिकाको सुरक्षाका लागि उचित घेराबार गर्न सुझाव दिएको छ ।

 

Post Views: 595

Spread the love
    

Facebook Comments

Next Post
काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा डिस्चार्ज

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा डिस्चार्ज

धुलिखेल नगरपालिकाको कामः पोखरी मासेर पार्क, पार्क मासेर फिटनेस सेन्टर, स्थानीय रुष्ट

धुलिखेल नगरपालिकाको कामः पोखरी मासेर पार्क, पार्क मासेर फिटनेस सेन्टर, स्थानीय रुष्ट

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!