सिन्धुपाल्चोक जिल्लाबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा ५ जना नेता अटाएका छन् ।
प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको नामावलीमा सिन्धुपाल्चोकबाट कृष्णप्रसाद सापकोटा, केशब नेपाल, माधव सापकोटा सुबोध, युवराज दुलाल शरद र रामप्रसाद सापकोटा दिपशिका केन्द्रीय सदस्यमा पर्नुभएको हो ।
महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गर्नुभएको थियो । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको हो ।
अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् ।
Facebook Comments